
पाल्पा (करुवा), मेडिकलमा पछिल्लो समयमा धेरै औषधि खरिद गर्दा सामान्य सिटामोलसमेत अभाव भएको छ । बिरामी आफै र बिरामीका आफन्तले जथाभावी औषधि खरिद गरेर घरमा राख्दा पनि औषधी अभाव भएको हेा । औषधी अभाव हुन्छ भन्ने सुनेर सिटामोल धेरै नै खरिद गरेर राखेको रैनादेवी छहरा–४, छहराकी रिता देवी खत्रीले बताइन् । उनले सिटामोल, जिंक, भिटामिन सी, डि लगायतका मौखिक मागिन् ।
घरमा भएको बिरामीका लागि उक्त औषधि खरिद गरेकी हुन् । ‘कोरोना जस्तै लक्षण भएकालाई यस्तै औषधी खुवाउनुपर्छ भन्ने सुनेको भएर खरिद गर्न आएको हो ?’ खत्रीले भनिन, ‘यी औषधी त मुखमा झुण्डिएका नाम हुन् ।’ उनी मात्र होइन, यतिबेला सामाजिक सञ्जालमा सिफारिस गरेका औषधिका कारण मेडिकलसम्म पुगेर सोझै औषधि खरिद गरेका छन् । पछिल्ला दिनमा जिल्लाको तानसेन लगायत ग्रामीण भेगमा सोझै औषधी खरिद गरेर खानेको संख्या बढेको छ । तर यसरी सोझै औषधी खानु भने स्वास्थ्यका लागि घातम हुने चिकित्सकले बताएका छन् । बिरामीले जा“च नगनेर् र अर्कालाई पठाएर औषधी खाने प्रचलनसमेत बढेको छ । सिटामोटल, भिटामिन र जिंक चक्की खरिद गर्नका लागि सोझै मेडिकल पुग्छन् । सन्चो हेल्थ केयर प्रालिका डा. झपेन्द्र ढकालका अनुसार जा“च गराउन आउने भन्दा धेरै औषधि खरिद गर्न आउने गर्छन् । चिकित्सकको सल्लाहबिनै औषधी खरिद गनेर्को संख्या दिनदिनै बढेको छ । ‘घरघरमा बिरामी छन्,’ उनले भने, ‘जा“च गर्न पनि नआउने र चिकित्सकको सल्लाहमा पनि औषधी नलिने गरेका धेरै छन् ।’
जान्ने बुझ्नेले नै सोझै सिटामोल, एजिथ्रो, सिट्रिजिन, सुख्खा खोकीको झोल औषधि सोझै खरिद गर्छन् । उनीहरुले जा“च गराउनै चाहान्न् । ‘टाउको दुख्ने, ज्वरो आउने, ज्यान दुख्ने कारण अरु पनि हुनसक्छ,’ उनले भने, ‘तर जा“च गराउन आउन चाहा“दैनन् ।’ ग्रामीण भेगमा जा“च गनेर् चिकित्सक सबै ठाउ“ भेटिदैनन् । ता“हु र खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र, हु“गी र रैनादेवी छहराको छहराको स्वास्थ्य चौकी बाहेक मेडिकल अधिकृत भेट्न मुश्किल छ । तानसेनमा सन्चो हेल्थ केयर, लुम्बिनी मेडिकल कलेजको टाउन क्लिनिक बाहेक मेडिकल अधिकृत भेट्न मुश्किल छ । तर औषधी खरिद गर्न जानेहरु भने सोझै मेडिकलबाट लैजान्छन् । सर्वसाधारणले औषधी जथाभावी खरिद गर्दा सहर र ग्रामीण भेगमा सिटामोल लगायतका औषधि अभाव हुन थालेको छ । रैनादेवी छहरा गाउ“पालिका, छहराको हिमालय मोडल फामेर्सी रैनादेवी छहरा इन्द्र बरालका अनुसार ग्रामीण भेगका क्लिनिकमा सोझै खरिद गर्न आउनेको संख्या बढेको छ । ‘सिटामोल, जिंक ट्याबलेट, भिटामिन सी, अक्सोमिटर, पञ्जा अभाव भएको छ,’ उनले भने, ‘दिनदिनै सोझै औषधी खरिद गनेर्हरुको संख्या बढ्दो छ ।’ ग्रामीण भेगमा अझ बढी बिरामीको चाप बढेको छ । मेडिकल आउनेहरु प्रायः सबैको लक्षण उस्तै बताउने गर्छन् । पहिचान गर्न समस्या छ । आइसोलेट बसेकाहरुहरुलाई औषधी माग्न आएपछि दिनुपनेर् बाध्यता हुने बरालले बताए ।
मेडिकलमा प्यारासिटामोल, पञ्जा, अक्सिमिटर, भिटामिन सी लगायत अभाव हुन थालेको छ । कोरोना संक्रमणको दर उच्च बनिरह“दा सामान्य औषधिहरु समेत पाउन छाडेका हुन् । ‘ग्रामीण भेगमा मात्र होइन, सदरमुकाममै औषधिको खपत बढी छ,’ नेपाल औषधी व्यवसायी संघका अध्यक्ष रामलाल श्रेष्ठले भने, ‘घरमा बिरामी छन् भनेपछि औषधी नदिएर पनि नहुने तर जा“च नगरिकन दि“दा भने भोलि अकोर् समस्या आउने हो कि भन्ने पनि छ ।’ औषधी खरिद गरेर घरमा राख्ने गरेको र थोक बिक्री गनेर्हरुले नै अहिले औषधी निर्यात नगर्दा अभाव भएको हो ।
जिल्लाका अधिकांश मेडिकलहरुमा बुटवलबाट औषधी सप्लाई हुन्छ । अहिले बुटवलमा नै बढी औषधि खपत हुँदा बाहिर पठाउन सकेका छैनन् । रानीमहल मेडिको सप्लायर्स तानसेनका संचालक सचिन विष्टका अनुसार सोझै बुटवलबाट ल्याउनेहरुले नपाएको हुनसक्ने बताए । ‘हामीसंग सिटामोल प्रशस्त छ,’ उनले भने, ‘तर बुटवलको सप्लायर्सहरुले दिन नसकेर अभाव भएको हुनसक्छ ।’ निषेधाज्ञापछि प्रायः औषधीको आपूर्ती कम छ । घर घरमा औषधी जम्मा गरेर राख्नु भन्दा स्वास्थ्य सावधानी पालना मा चनाखो बन्नुपनेर् सन्चो हेल्थ केयरका संचालक डा. ढकालले बताए । उनका अनुसार यसरी सोझै औषधी लगेर खानु घातक हुन सक्छ । ‘हामीले खरिद गर्न आउनेलाई नदिन मिल्दैन,’ उनले भने, ‘सकेसम्म बिरामी भएको व्यक्ति आउदैन । अरुले खरिद गर्न आउँछन् ।’