
पाल्पा (करुवा)। पहाडी जिल्ला का कोरोना भाइरस संक्रमितले न बेड पाउ“छन् न त अक्सिजन नै । उनीहरु अस्पतालको गेटमा पुगेर बेड खोज्ने र नपाएपछि घरमै फिर्ता हुनुपरेको छ । यसबाट मृत्युदर समेत बढेको छ । वैशाख महिनामा मात्रै जिल्लामा २९ जनाको मृत्यु भएको छ । अधिकांशको होम आइसोलेसनमै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ‘खै के मिलेको छैन जस्तो भएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने, ‘पहिलो कुरा स्थानीय तहले सुरुमा चासो नदिएकाले पनि यस्तो अवस्था आएको हो । दोस्रो अक्सिजनको अभाव नै हो ।’
लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालले अक्सिजन प्लाण्ट छ । उनीहरुले पूरानो भएर उत्पादन कमी भएको जनाएको छन् । सिलिण्डर भर्न नपाएकाले बिरामी भर्ना गर्न नसकेको जनाए । ‘हामीले अन्यत्र जस्तो सूचना निकालिएको छैन,’ लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी कृष्णप्रसाद पराजुलीले भने, ‘तर हामी लाई अक्सिजनको अभाव भएको छ । अक्सिजन आपूर्तिमा कमी आएपछि बिरामी भर्ना गर्न सकिएको छैन ।’ उनका अनुसार अक्सिजन प्लाण्ट छ । तर पूरानो भएकाले पूर्ण क्षमतामा चल्न सकेको छैन । सिलिण्डरबाट पनि लुम्बिनी मेडिकल कलेजले काम चलाएको छ । अक्सिजन अभाव भएको भन्दै लुम्बिनी मेडिकल कलेजमा पुगेका बिरामी गेटबाटै फिर्ता भएका छन् । ‘अक्सिजन लिएर आउनुस् उपचार गछौंसम्म भने,’ तानसेन नगरपालिका–२, का बिरामीका आफन्तले भने, ‘यस्तो अवस्था आएपछि बिरामीलाई कसरी बचाउन सकिएला र ?’ अक्सिजन सिलिण्डरले धान्न नसकेको भन्दै थप बिरामीको उपचार नगर्दा बिरामीले सास्ती खेप्नु परेको बिरामीका आफन्तले सुनाए ।
माथागढी गाउँपालिका, कसेनीकी ५६ वर्षीया कोरोना भाइरस संक्रमित महिला लाई लुम्बिनी मेडिकल कलेजमा बेड नभएपछि पुनः फिर्ता गरेर गाउँपालिका ले बनाएको कोरोना अस्थायी अस्पताल लग्नु प¥यो । अस्थायी कोरोना अस्पतालमा अवस्था जटिल भएपछि पुनः लुम्बिनी मेडिकल कलेज ल्याउँदै गर्दा महिलाको बाटोमै मृत्यु भयो । पूर्वखोला गाउँपालिका जल्पाका एक पुरुषलाई पाल्पाका सबै अस्पतालमा बेड खोज्दा नपाएपछि गाउँपालिकाकै कोरोना अस्थायी अस्पतालमा लैजाने तयारी गदैर्गर्दा ज्यान गयो । एम्बुलेन्स र निजी सवारी साधनले अस्पतालको गेट चाहार्दा चाहादैर् बिरामीको ज्यान जाने गरेको छ । अस्पतालमा पहुँच हुनेका लागि मात्र बेड उपलब्ध हुने तर सर्वसाधारणले बेड पाउनै मुस्किल परेको पूर्वखोला गाउ“पालिका–१, सिलुवाका झमन राज मगरले बताए । लुम्बिनी मेडिकल कलेजमा ५ सय बेड छ । उसले ४० जना कोरोना संक्रमितको मात्र उपचार गदैर् आएको छ । कलेजले अक्सिजनको अभाव भएपछि थप बिरामी भर्ना लिएको छैन । अक्सिजन प्लाण्टले थेग्न नसक्ने र अक्सिजन सिलिण्डर भर्न नपाएपछि बिरामी भर्ना नलिएको कलेजका सूचना अधिकारी पराजुलीले बताए । ‘झण्डै दुई घण्टा अस्पताल अगाडि बसेर फर्किनु परेको छ,’ तानसेन नगरपालिका–६, का ४७ वर्षीय कोरोना भाइरस संक्रमितका आफन्तले भने, ‘मिसन, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज सबै ठाउ“ गएपनि बेड नपाएर फर्किनु परेको छ ।’
कोभिड सशंकितका लागि कलेजले इमरजेन्सीमा अलग्गै व्यवस्था गरेको छ । तीन वटा भेन्टिलेटर र अन्य बेड गरी ४० जनाको उपचार भइरहेको जनाएको छ । सूचना अधिकारी पराजुलीले अब ५ बेड भेन्टिलेटर सहित ५० जनालाई उपचार गनेर् तयारी गरेको बताए । नया“मा प्रतिमिनेट २ सय लिटर उत्पादन हुन्थ्यो तर अहिले घटेर १ सय ५० मात्र उत्पादन हुन्छ । उपचारका लागि १ सय ५९ बेड रहेको मिसन अस्पतालमा अक्सिजन प्लाण्ट छ । प्लाण्ट पूरानो भएकाले समस्या भएको हो । अहिले बढीमा २६ जना कोरोना संक्रमितको मात्र उपचार हुन्छ । ‘२० जना बिरामीलाई भन्दा बढी धान्दैन,’ अस्पताल निदेर्शक डा. रचेल कारखले भनिन्, ‘तर पनि हामीले २६ जनासम्मको उपचार गरेका छौं ।’ कोभिडका बिरामीलाई १२ देखि १५ लिटरसम्म पनि अक्सिजन दिनुपनेर् भएकाले धेरै बिरामी भर्ना गर्न नसकेको जनाएको छ । ‘हामीले बिरामीलाई कति अक्स्जिन चाहिन्छ भनेर हिसाब गरेर मात्र बिरामी राख्नुपनेर् हुन्छ,’ अस्पताल निदेर्शक कारखले भनिन्, ‘एक जना बिरामी राख्दा अरु सबैको ज्यान जोखिममा पार्न हु“दैन । त्यसैले बिरामी फिर्ता गर्नु परेको हो ।’ अस्पतालको गेटमा पुगेर एम्बुलेन्स र निजी सवारी साधन दुई तीन घण्टा पर्खदा समेत बेड पाउन सकेका छैनन् ।
पाल्पा अस्पताल, रामपुर अस्पताल, मिसन र लुम्बिनी मेडिकल कलेजले ओपिडी बन्द गरेर ज्वरो क्लिनिक संचालन गरेका छन् । ‘हामीले मिसनमा बेड पाइन्छ भनेर पुग्यो तर पाइएन,’ रैनादेवी छहरा–४, छहराका २७ वर्षीय कोरोना संक्रमितका आफन्तले भने, ‘अस्पतालमा बेड नपाएपछि हाम्रो बिरामीको मृत्यु नै भयो ।’ अस्पतालहरु अक्सिजन नभएको भन्दै उपचार गर्नबाट उम्किन्छन् । अस्पतालहरुले बेड भए पनि अक्सिजन अभावका कारण कोरोनाका नया“ बिरामी भर्ना लिन समस्या भएको हो । अस्पतालले अक्सिजन आपूर्ति बढाउने व्यवस्था गर्न सरकारस“ग उनीहरुले माग गरेका छन् । ‘अक्सिजन भर्न मात्र होइन, पहाडी भेगमा आउन जानसमेत समस्या छ,’ लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी पराजुलीले भने, ‘अहिले खाली सिलिण्डर लिएर गएर पालो पखेर्र कुरेर ल्याउनुपर्छ । अझ सहज रुपमा पाइएको छैन ।’ विद्युत्को गडबढीले पनि प्लाण्ट लाई समस्या पनेर् गरेको छ ।