पाल्पा (करुवा)। तानसेन नगरपालिका–१, बराङदीका ४९ वर्षीय पुरुषको मिसन अस्पतालमा निधन भयो । अघिल्लो दिन भर्ना गरेका उनको अकोर् दिनमा मृत्यु भयो । घरमै भएको लापरवाहीले गर्दा नै उनको ज्यान गएको हेा । उनका परिवारले समस्या देखिनासाथ जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई भनेको भए सायद छिटै अस्पतालमा बेड पाउने थिए । अन्तिममा आएर जनप्रतिनिधिले थाहा पाए । मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजमा बेड खोजे । पाउन समस्या भयो । पालो पर्खदै घरमा बस्नु परेको थियो । त्यसपछि बेड खाली भएर ल्याउँदा अवस्था जटिल भइसकेको थियो ।
तानसेन नगरपालिका–३, भगवती टोलका ५६ वर्षीय पुरुष सक्रमित भएपनि खासै वास्ता गरेका थिएनन् । अघिल्लो दिनसम्म तरकारी लिन पुगेका थिए ।
रक्तचापका बिरामी उनलाई बिहिबार बेलुकी नै अस्पताल लैजानुपनेर् अवस्था थियो । तर परिवार र आफ्नै लापरवाहीले शुक्रबार मात्र अस्पताल चाहारे । तर कतै पनि आईसियु, भेन्टिलेटर पाएनन् । अन्तत उनको ज्यान गयो । संक्रमित र परिवारको लापरवाहीले होम आइसोलेशनमा बसेकाहरु ज्यान गुमाउने बढेका छन् । यसमा सरोकारवाला निकायको भने ध्यान पुग्न सकेको छैन । समयमा जानकारी नदिने र आफ्नै लापरवाहीले गर्दा ज्यान जोखिममा परेको छ । ‘कतिपय बिरामीले आफै घर जान्छु भन्दै हिडँ्दा पनि समस्या भएको छ,’ माथागढी गाउ“पालिका स्वास्थ्य शाखा प्रमुख केशव जीसीले भने, ‘लापरवाहीले गर्दा आफ्नै ज्यान जोखिममा पारेको देखिएको छ ।’ मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा अक्सिजन प्लाण्ट छ । तर उनीहरुले आफूले थेग्न सक्ने मात्र बिरामी भर्ना लिने गरेका छन् । मिसनले २० बेड थेग्न सक्ने भएपनि २६ सम्म भर्ना लिएको छ । लुम्बिनी मेडिकल कलेजले ३६ अक्सिजनसहितको र ३ वटा भेन्टिलेटर कोभिड बेडका रुपमा प्रयोग गरेको छ ।
मृत्यु हुने अधिकांश होम आइसोलेसनमा बसेका छन् । ‘अस्पतालमा बाहिर जिल्लाका बढी मृत्यु भएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीले भने, ‘पछिल्लो लहरमा हाम्रो जिल्लाका कम मात्र अस्पतालमा मृत्यु भएको छ । होम आइसोलेसनमै मृत्यु हुने बढी छ ।’ कोरोना भाइरस संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार १ हजार ३ सय बढी जना होम आइसोलेसमै छन् । होम आइसोलेशनमा बसेका अधिकांशलाई स्थानीय तहले मतलव नै गरेका छैनन् । पूर्वखोला र बगनासकालीले होम आइसोलेसनमा रहेका संक्रमितको दैनिक अवस्था बुझ्ने गरेको छ । पूर्वखोलाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार सम्बन्धित वडाका महिला स्वयंसेविका, स्वास्थ्य चौकीबाट संक्रमितको अवस्था बुझ्ने गरेको छ । बगनासकाली गाउ“पालिका स्वास्थ्य शाखाका प्रमुख मणिराम अधिकारीले संक्रमितलाई अवस्था बुझ्ने र स्वास्थ्य सामाग्री पनि बितरण गरिएको बताए ।
३६ जना लुम्बिनी मेडिकल कलेजमा उपचार गराइरहेका छन् । मिसन अस्पतालमा २० जना कोरोना संक्रमितको उपचार भइरहेको छ । तानसेनको पाल्पा अस्पतालमा तीन जना बिहिबार उपचार गराइरहेका छन् । बगनासकालीमा पाँच र रिब्दीकोटमा एक जना आइसोलेसनमा उपचाररत छन् ।
‘अस्पतालको गेटबाटै कोरोनाको बिरामीलाई फर्काइएको छ,’ तानसेन नगरपालिका–१, की पीडित महिलाले भनिन्, ‘अनि सर्वसाधारणले उपचार नपाई मर्ने नै हो ?’ मिसन अस्पताल ३ सय बिरामीको उपचार गर्छ । लुम्बिनी मेडिकल कलेज ५ सय बिरामीको उपचार गर्छ । तर यी दुबै ठूला अस्पतालले बिरामीलाई भर्ना लिएका छैनन् । ‘तीनवटा भेन्टिलेटर छुट्याएका छौं,’ लुम्बिनी मेडिकल कलेजकाकम्पनी सचिव निदोर्ष खनालले भने, ‘हामीले कोभिड बिरामीका लागि आइसियु छुट्याएका छैनौं ।’ मिसन अस्पतालका व्यवस्थापक जीवन भट्टराईले २० बेड मात्र छुट्याएकाले थप बिरामी भर्ना लिन नसकेको बताए । गाउँमा घरमै अक्सिजन दिएर कोरोना संक्रमित उपचार गराइरहेका छन् । तर यसमा सरोकारवालाको भने ध्यान पुगेको छैन । पाल्पा अस्पतालका व्यवस्थापन समिति अध्यक्ष नेत्रप्रसाद पाण्डेयका अनुसार अब केही दिनमा १८ देखि २० बेडको अक्सिजनसहित तयार भएको छ । ‘निर्माणको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘टायल लगाउने, अक्सिजन फिट गनेर् काम भएको छ ।’ गाउँगाउँमा लक्षणसहितका बिरामी छन् ।
बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालका अनुसार स्वास्थ्य सामाग्री घरघरमा दि“दा कोभिडका बिरामीलाई धेरै फाइदा पुगेको छ । ‘होम आइसोलेशनमा बसेका बिरामीका लागि हामीले अक्सिजन पनि दिने भनेका छौं,’ उनले भने, ‘मिसन अस्पतालमा पुगेर फर्किएका बिरामीलाई हामीले आइसोलेसनमा अक्सिजन दिएर राखेका छौं ।’ उनले अवस्था भयावह हुने हो कि भन्ने डर लागेको बताए ।