पहिलो बालमैत्री वडा फोक्सिङकोट

पाल्पा, रम्भा गाउँपालिकाको वडा नम्बर २ फोक्सिंङकोट पाल्पा जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्यले जिल्लाकै पहिलो बालमैत्री वडा घोषणा विशेष समारोहका बिच शुक्रबार घोषणा गरेका हुन् । उनले जिल्लाकै विकटमा रहेर पनि हरेक काममा नमुनाका रुपमा अघि बढेको बताए ।

‘रम्भा गाउंपालिकाको आफ्नै शान ः बालमैत्री स्थानीय शासन हाम्रो अभियान’ भन्ने नाराका साथ बालमैत्री स्थानीय शासन वडा कार्यक्रम गरिएको हो । बालअधिकार सुनिश्चितताका लागि बालबालिकाकेन्द्रित कार्य गर्न बालमैत्री स्थानिय शासन रष्ट्रिय रणनीति तथा घोषणा कार्यबिधि २०७० अनुसार रम्भा गापाको २ नम्बर वडा (फोक्सिङकोटलाई बालमैत्री वडा घोषणा गर्र्ने अवसर प्राप्त भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । उनका अनुसार राष्ट्रिय सूचक ३९ वटा भएपनि ४१ वटा सूचक पूरा भएको उनले बताए ।

रम्भा गाउँपालिकामा घरधुरी सर्वेक्षण अनुसार २५ हजार ९ सय ७ जनसंख्या रहेको छ । गाउँपालिका अध्यक्ष भण्डारीका अनुसार रम्भा गाँउपालिकाले २०७४÷२०७५ को नीति तथा कार्यक्रम अनुसार गाँउपालिकालाई बालमैत्री गाँउपालिका बनाउने उद्देश्य लिएको हो । फोक्सिङकोटमा २०७५ साल पौष २७ गते ५४ जना वडास्तरीय सरोकारवालाहरुको भेलाबाट बालमैत्री वडा तयारीका लागि विधिवत् रुपमा तयारी सुरु गरेको हो । वडाध्यक्ष उमानसिं सारुको अध्यक्षतामा बालमैत्री स्थानीय शासन वडा समिति गठन भई सरोकारवलाहरुको लागि बालमैत्री स्थानिय शासन संम्बन्धी अभिमुुखिकरण भेलाबाट २०७६ चैत्र मसान्त भित्र बालमैत्री वडा घोषणाको तयारी भएपनि कोभिड १९ कारण घोषणा भने हुन नसकेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।

वडाध्यक्ष सारुका अनुसार वडालाई पुर्ण सरसफाई,संस्थागत प्रसुति, पुर्ण खोप, पुर्ण साक्षर जस्ता घोषण अधिल्ला बर्षहरुमा सम्पन्न गरिसकेको अवस्था रहेको छ । बालमैत्री वडा घोषणाका लागि १४ वटा बालमैत्री स्थानिय शासन समितिको बैठकहरु सम्पन्न भएको छ । वडाध्यक्ष सारुका अनुसार ६ वडास्तरिय बालक्लव नेटवर्क बैठकहरु भएको, वडाका सबै बिद्यालयका शिक्षकहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरिएको छ । बालमैत्री कार्यदल सदस्य कुुश्माखर पाण्डेयका अनुसार वडामा १६ वटा बालक्लबहरु गठन गरिएको र बालक्लब संख्या १६पुगेको छ भने वडाका स्वास्थ्यकर्मीहरु, महिला स्वास्थ्य स्यमंसेविका तथा पोषण सहयोगी सहजकर्ताहरुलाई बालमैत्री स्थानीय शासनका विषयमा अभिमुखीकरण गरिएको छ ।

उनका अनुसार वडाका राजनितिक दल तथा संघ संस्थाहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण गरिएको छ । बाल विवाह न्यूनीकरणका लागि ज्योतिष पण्डितहरुसग छलफल तथा प्रतिबद्धता लिने काम पुरा गरिएको छ भने बाल संरक्षणका लागि सवारी धनी, गाडी चालक, होटल मालिकहरुलाई बालमैत्री स्थानीय शासन अभिमुखीकरण गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालका अनुसार बालमैत्री स्थानीय शासन सम्बद्ध सूचकहरु सम्बन्धी अभिलेखहरु व्यवस्थापन गरी राखिएको छ ।

उनकाअनुसार बालमैत्री विद्यालयका सूचकहरु तयार गरी अनुगमनका आधारमा वडाका सबै विद्यालयहरु बालमैत्री घोषणा भएको छ भने बालमैत्री वडा घोषणका लागि बालअधिकारका चार पक्षहरु ः बाल बचाऊ, बाल संरक्षण, बालबिकास तथा बाल सहभागिता सम्बद्ध सुचकहरु तथा संस्थागत बिकासका क्षेत्रहरुमा अभियान संचालन गरिएको र सो सुचकहरु पुरा गरिएको छ । उनले यसका लागि बालमैत्री स्थानिय शासन समिति, बालसंरक्षण समिति, बालक्लव नेटवर्क, वडा समिति हुदै बालमैत्री स्थानीय शासन समिति अनुगमन तथा रम्भा गाउँ कार्यपालिकाको फागुन ५ र फागुन १७ स्थलगत अनुगमन र संम्बन्धित शाखाहरुबाट सुचकहरुको प्रमाणिकरणको आधारमा पाल्पाको पहिलो बालमैत्री वडा घोषणा भएको बताए । बालमैत्री घोषणमा सहयोग गर्दै आएको पछौटेपन उन्मूलन समाज बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेयका अनुसार सबै शाखाबाट प्राप्त सूझावका आधारमा बालीमैत्री वडा घोषणा गरिएको छ । बालबचाउ, बाल संरक्षण, बाल विकास, बाल संरक्षणका क्षेत्रमा पूर्ण रुपमा काम भएको उनले बताए । गाउँपालिकाले बालमैत्री वडा घोषणाका लागि दीगोपनाका आगामी रणनीतिहरु तयार गरेको छ ।

घोषणा आंफैमा बालमैत्री स्थानीय शासनको अन्त नभई व्यवस्थित सुरुवात हुने उनले बताए । रम्भा गाउंपालिका तहबाट बालमैत्री स्थानीय शासनको दीगोपनाको लागि बालमैत्री वडा घोषणा पछि पनि बालमैत्री स्थानीय शासनको निरन्तर विकास र विस्तार गर्ने रणनीति रहेको गाउँपालिका स्तरीय बालमैत्री स्थानीय शासन समितिको सम्पर्क व्यक्ति धनीकला थापाले बताइन् ।

बालबालिकाको क्षेत्रमा यथेष्ठ बजेट व्यवस्थाका लागि पहल गर्ने, स्वस्थ बालबालिका र मातृ शिशु स्वास्थ्यका लागि गर्भावस्था देखिनै सुनौला हजार दिन, पोषण सचेतना, सुरक्षित मातृत्व सम्बन्धी कार्य गर्ने गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् । उनका अनुसार बालबालिकाको आधारभूत स्वास्थ्य प्रवद्र्धनको लागि संचालन गरिने योजना तथा कार्यक्रमलाई बालमैत्री बनाउने, बालवालिकाको शैक्षिक विकासका लागि संचालन गरिने योजना तथा कार्यक्रमहरुलाई बालमैत्री बनाउने, विद्यालय जान नसक्ने र बीचैमा कक्षा छोड्ने बालबालिकालाई विद्यालय शिक्षा उपलव्ध गराउने रहेको छ ।

समुदायमा आधारित बाल संरक्षण प्रणाली एंव संस्थाहरूलाई दिगोपनको प्रक्रियामा आवद्ध गर्नुका साथै बालबालिकासँग प्रत्यक्ष सरोकार राख्ने संरचनाहरूमा बाल प्रतिनिधित्वको संस्थागत व्यवस्था मिलाउने रहेको छ । उनका अनुसार वडा, विद्यालय, बालबालिका, घरपरिवार र समुदाय लगायत सबै सरोकारवाला कार्यालय तथा संघ संस्थाहरुले बालमैत्री आचार संहिताको पूर्ण पालना गर्ने गराउने रहेको छ । उचित किसिमबाट बालबालिकाको शारीरिक, वौद्धिक तथा संवेगात्मक विकासमा लगानी गर्नुका साथै बालक्लवहरु सूचीकृत गर्ने, संजाल निर्माण गर्ने र उनीहरूको क्षमता विकासमा प्रोत्साहन गर्दै स्थानीय तहमा अनौपचारिक संयन्त्र निर्माण गरी बालबालिका सम्बन्धी सवालहरूलाई प्रकाशमा ल्याउने रहेको शिक्षा शाखा प्रमुख मीना आचार्यले बताइन् । अर्थपूर्ण बाल सहभागिताको अभ्यास गर्दै जाने, योजना तर्जुमा लगायत बालबालिकासंग सम्बन्धित विषयमा बालबालिकाहरुसंग छलफल गर्ने अभ्यास अगाडि बढाउंदै लैजाने रहेको छ भने बाल विवाह न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम संचालन गर्दै जाने उनले बताए ।

स्थानीयस्तरमा भएका स्वास्थ्य संस्था व्यवस्थापन समिति, विद्यालय व्यवस्थापन समिति, जिल्ला/गाउँ/वडास्तरीय बाल संजाल, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, सामुदायिक वन, टोल सुधार संस्था, सामुदायिक संघ संस्था, आमा समुहहरु, युवाक्लब जस्ता लगायतका साझेदार निकायहरुको बीचमा सामन्जस्य कायम गरी सूचकहरूको निरन्तरताको लागि संस्थागत र प्रणालीगत विकास गर्ने योजना रहेको गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले बताए । उनका अनुसार बाल संरक्षण समितिलाई निरन्तर क्रियाशिल बनाउने, बाल हिंसा, बालबालिकालाई गाली एवं शोषण नगर्ने , विद्यालय एवं घरपरिवारमा पनि बालबालिकालाई कुनै पनि दुव्र्यवहार वा शोषण नगर्ने, बरु सकारात्मक व्यवहार उल्लेखनिय रुपमा गर्ने वातावरण श्रृजना गर्ने रहेको छ । बालमैत्री स्थानीय शासनका सूचकहरुको आधारमा वडामा नियमित अनुगमन गराउने व्यवस्था मिलाउने रहेको छ । कार्यक्रममा सहयोग गर्ने विभिन्न सहयोगी संघसंस्था, व्यक्ति, महिला स्वयंसेविका, बाल क्लब, विद्यालय, स्वास्थ्य संस्था लगायतलाई सम्मान गरेका थिए ।

सम्बन्धित खवर