रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापासँग गरिएकाे कुराकानीकाे सारसंक्षेप ः
कोरोना भाइरस (कोभि–१९) पछिको अवस्था के छ ?
नेपालमा पहिलो केश देखिएसँगै यसको त्रास बढेको थियो । जसबाट अब के हुन्छ भन्ने परिस्थिति आयो । त्यसपछि पनि नेपाल सरकारले चैत ११ गते लकडाउन सुरु गरेपछि झनै अप्ठेरो परिस्थिति सुरु भयो । रामपुर नगरपालिका यसबाट अछुतो रहन सक्ने कुरै भएन । जसले गर्दा यहाँ पनि सबै क्षेत्रबाट आउनलाई सवारी साधन बन्दाबन्दी (लकडाउन) ले समस्या पार्यो । यस क्षेत्रमा सरकारकै गौरवको योजनाको रुपमा रहेको कालीगण्डकी लोकमार्ग योजना संचालनमा थियो । यहाँ पनि धेरै कामदारहरु थिए । विभिन्न जिल्लाबाट आएका कामदारहरुलाई आफ्नो घर जाने वातावरण मिलाइयो । उनीहरुलाई आफ्नो घरसम्म पुग्न कतिपय स्थानमा समन्वय गर्नुका साथै कतिपयलाई नगरपालिकाले नै बस, जीपको व्यवस्थापन गरेर पनि पठाइयो । त्यसपछि पनि समस्या नआएको होइन । काठमाडौ, भारतमा हुनेहरुका लागि रामपुरसम्म आउनका लागि पनि पहल गर्ने काम भएको छ । भारत लगायत तेस्रो मुलुकमा कति छन् भन्ने कुराको तथ्यांक लिने काम भएको छ ।
कोरोना भाइरसपछि अप्ठेरोमा परेका परिवारलाई राहत बितरण कसरी भइरहेको छ ?
रामपुर नगरपालिकामा विपन्न, ज्येष्ठ नागरिक, अःसहाय, अपांगता भएकाहरुका लागि पहिलो चरण र दोस्रो चरणको राहत दिने काम भयो । जसमा पहिलो चरणमा १ हजार ६६ जना र दोस्रो चरणमा १ हजार ८ सय ९१ जनालाई राहत दिइएको छ । काठमाडौमा पुगेर पनि ३३ परिवारलाई घरमै पुगेर राहत दिइएको छ । भारतमा रहेकाहरुलाई त्यहाँ समन्वय गरेर राहत दिने काम भइरहेको छ । भारतमा रहेका सन्दीप रानाले भारतका विभिन्न स्थानमा रहेकाहरुलाई सम्बन्धित प्रदेशमै राहत व्यवस्थापन भइरहेको छ । आउन चाहनेहरुलाई सकेसम्म त्यही बस्नका लागि सम्बन्धित स्थानमै पुगेर राहत दिइरहेका छौं । यसमा साँच्चीकै स्थानीय सरकारले हामीलाई चासो लिएको छ भन्ने गरी काम गरिएको छ । रामपुर क्षेत्रमै पनि लकडाउनले समस्या पारेको बेलामा काम गर्न सकिएको छ जस्तो लाग्छ । नगरपालिकाले स्थापना गरेको राहत कोषमा पनि विभिन्न संघसंस्था, सहकारी, व्यक्तिगत तवरबाट पनि रकम जम्मा भइरहेको छ ।
जारी लकडाउनका बीच रोकथाम, संक्रमण हुन नदिन काम कसरी भइरहेको छ ?
रामपुर नगरपालिकामा १० वडा छन् । ती वडाका विभिन्न विद्यालय, क्याम्पस भवन, स्वास्थ्य चौकीलाई प्रयोग गरेर रोकथाम र संक्रमण बढ्न नदिने काम भइरहेको छ । साबुनपानीले हात धुन सिकाउने, सेनिटाइजर, मास्क प्रयोग, त्यसका लागि राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि लगायत संघसंस्थालाई सहयोग माग गरेर चेतनामूलक काम भइरहेको छ । दीर्घरोगी र नियमित औषधि खानेलाई औषधिको व्यवस्था, सुरक्षित तवरबाट खोप कार्यक्रमसंचालन गरिएको छ । प्रत्येक वडामा क्वारेन्टाइन निर्माण भएको छ । प्रत्येक वडामा ५० बेड क्वारेन्टाइन निर्माणको काम भइरहेको छ । भारत लगायत मुलुकका विभिन्न भागबाट आएर क्वारेन्टाइनमा १४ दिन बस्नेहरुलाई र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटि) गरिएको छ । अब आइसोलेसन वार्डका लागि पनि काम भइरहेको छ । ६ हजार ८ सय ९५ जना भारत लगायत तेस्रो मुलुकबाट रामपुर आउन चाहनेको संख्या आएको छ । तर उनीहरुलाई सकेसम्म सोही स्थानमै बस्नका लागि आग्रह गरिएको छ । यदि आउनै चाहेपनि कसरी ल्याउने भन्ने छलफल भइरहेको छ ।
योजना सम्झौता र फरफारकका काम कसरी भइरहेको छ ?
रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा वडाको समेत गरी ७ सय १४ योजना छन् । त्यसमा काम हुन केही कमी आएको छ । माघपछि नै खासै काममा लाग्न सकिएको छैन । चैत ११ लकडाउन अघिसम्म ५ सय ४० योजना सम्झौता भएको छ । ६ सय योजना सम्पन्न हुन्छ भन्ने आशा गरिएको छ । लक्षित वर्गको काम हुन सक्ने अवस्था छैन । तालिम, गोष्ठी, प्रशिक्षणका काम हुन सक्ने अवस्था आउन समस्या हुन्छ । महामारीका कारण पनि त्यस्ता गोष्ठी, प्रशिक्षणको काम नगर्दा नै हामी सुरक्षित हुन्छौ भन्ने लाग्छ । अन्य विकास निर्माणका काम वडामा भइरहेको छ। तर पनि हामीले सोचे अनुसारको चालु र पुँजीगत बजेट खर्च हुन सकेको छैन । आन्तरिक स्रोतको पैसा उठन सकेको छैन । मालपोतको अवस्था पनि उस्तै छ । जसले गर्दा अहिलेसम्म चालुतर्फ ४२ दशमलव १७ र पुँजीगत २५ प्रतिशत मात्र खर्च भएको छ ।
यस्तो समयमा पनि विकासका कामहरू कसरी अगाडि बढेको छ ?
विकासको पहिलो आधार सडक यातायात नै रहेछ । रामपुर नगरपालिकाका १० वटै वडा र टोललाई जोड्ने गरी सडकको ट्रयाक खोल्ने र स्तरोन्नति गर्ने काम भइरहेको छ । नगरपालिकाका सबै बस्तीमा यातायातको पहुँच पु¥याउने पहिलो एजेन्डा बनेको छ । सडकका साथै रामपुर क्ष्ँेत्र सदरमुकामबाट धेरै टाढा छ । पर्यटकीय क्षेत्र बनाउने, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारका लागि सकेसम्मका काम अगाडी बढेको छ । स्याङजा, तनहँु र नवलपरासीका जनतालाईसमेत फाइदा पुग्नेगरी हवाई मैदानको अध्ययन अगाडी बढाइएको छ । सि“चाइका लागि कालीगण्डकीबाट बे“सी र टारहरुमा लिºिट¨ सि“चाइको अध्ययन भइरहेको छ । कृषि, शिक्ष्ाँ, स्वास्थ्य, विद्युतीकरण लगायतका विकास निर्माणका काममासमेत हामीले अध्ययन गर्दै काम अघि बढाउन सुरु गरेका छौं । नगरपालिकालाई समृद्ध बनाउन नगरभित्रका सबै विद्यालयमा शैक्षिक स्तरवृद्धिका काम भइरहेका छन् । ल्याण्डफिल साइटका लागि अगाडी काम बढेको छ जसले गर्दा सरसफाइको कामलाई फाइदा पुग्ने देखिएको छ । खरका छाना हटाउने कार्य अन्तर्गत जस्तापाता बा“डेका छौ । अस्पतालमा गएर सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ताका साथै स्वास्थ्य वीमा गर्ने व्यवस्था मिलाएका छौं । कृषिमा बढी जोड दिएका छौं । तरकारीमा आत्मनिर्भर हुने योजनाका साथ अघि बढेका छौं । एक वडामा एक उत्पादनलाई उत्पादनको आधारमा अनुदान दिने गरेका छौं । यतिमात्र होइन कतिपय उत्पादनमा ५० प्रतिशत र सतप्रतिशत बीउँमा अनुदान पनि दिएर काम अघि बढाएका छौं ।
पर्यटकीय क्षेत्र पनि धेरै छन् त्यसको काम कसरी अघि बढेको छ ?
रामपुर क्षेत्रमा धेरै नै धार्मिक एवं पर्यटकीय क्षेत्र रहेको छ । रामपुरमा मानव निर्मित तालपोखरा (मिनिफेवाताल), रामगुफा, रामचुल्हो, सीताकुण्ड, सिद्धबाबा (भुजात) धाम, बालसिद्धगुफा (गेझा), रामकुवा पनि चर्चित छन् । यति मात्र होइन, वडा नम्बर १ मा टापु पनि पर्यटकी क्षेत्र बन्न सक्छ । सानो सामुदायिक वनका रुपमा परिचित खैरेनी सामुदायिक वन, प्याराग्लाइडिङका लागि उपयुक्र्त बाहुडाँडा पनि पर्यटकीय क्षेत्र बन्न सक्छ । रामपुर नगरपालिका र प्रदेशका साथै संघीय सरकारबाट पनि सहयोग लिएर पर्यटकीय क्षेत्रका रुपमा विकास गरिनेछ ।
नगरले महत्वपूर्ण योजनाका रुपमा केलाई हेरेको छ ?
रामपुर नगरपालिकाले एकवडा एक उत्पादनलाई जोड दिएको छ । केही गौरवका योजनाका रुपमा अघि पनि बढाएको छ । १ मा कागती, अदुवा, मौरी, २ मा बाख्रापालन, खुर्सानी, तरकारी, ३ मा एभोकाडो, बाख्रापालन, आलु, ४ मा तरकारी काके, बाख्रपालन, बंगुरपालन, ५ मा गोलभेँडा, केरार, तरकारी, केरा, दुध, ६ मा आलु मोरुी, बाख्रा, कुखुरा, ७ मा बेसार, घिरौला, करेला, कागती ८ मा कुखुरा, बाख्रा, दुध ९ मा अदुवा, काफी, बाख्रा, तरकारी, १० मा प्याज, लिची, सुन्तला, तरकारी र दुधको क्षेत्र बनाउने योजना अगाडी बढाएका छौं । यो बाहेक नगरपालिकाले सडक पूर्वाधार, युवा स्वरोजगारलाई पनि ध्यान दिएर काम अघि बढाएका छौं ।
आगामी दिनमा गर्ने योजना के कस्ता छन ?
रामपुर उपत्यका पाल्पाको पूर्वभेगमा रहेर पनि सबै सम्भावना बोकेको भूगोल छ । त्यसलाई आवश्यक पर्ने भौतिक पूर्वाधार पूरा गर्न निकै समस्या छ । हामीले जनसहभागितामा आधारित कार्यक्रम बनाएर जनताको घरदैलोमा पुग्ने लक्ष्य लिएका छौं । विकासको दृष्टिले पछाडि परेको छ । भौतिक संरचना पर्याप्त नहु“दा आशा गरेअनुसार सफलता हात लागेको छैन । आवश्यक भौतिक संरचनाको निर्माणलाई तीव्रता दिइनेछ । यसका लागि ‘पीपीपी’ को अवधारणाअनुसार काम अघि बढाउने सो“चमा छौं । विकासको अपनत्व तल्लो तहका बासिन्दामा पु¥याए मात्र आर्थिक समृद्धिको ढोका खुल्नेछ भन्ने लाग्छ । विपन्नवर्गको आत्मबल बढे मात्र विकास फलदायी हुन्छ भन्ने विश्वास लाग्छ । सबै योजना त्यतैतिर लक्षित हुनेछन् र भैरहेको पनि छ । यसमा नगरपालिकाका बासिन्दा, राजनीतिक दल सबैको सहयोग प्राप्त भएको छ । समन्वय गरेर नै अघि बढेका छौं । त्यसैले पनि योजना संचालनमा सफलता प्राप्त भएको छ ।
नगरमा विकासका चुनौतीहरू के–के छन् ?
१५ वर्षसम्म कर्मचारीले चलाएको अनुभव हामीले गर्न पाएका छौ । कर्मचारीको ‘ह्याङओभर’ अझै गएको छैन । कर्मचारी परिचालन गर्न समस्या छ । अझ अर्को कुरा जनतालाई विकास हाम्रा लागि हो भन्ने कुरा बुझाउन सकिएको अवस्था छैन । स्थानीयस्तरमा बेरोजगारी र त्यसबाट उत्पन्न हुने असन्तुष्टि छ । केही स्थानीय बासिन्दाले देखाउने असहयोग र स्रोतको कमी पनि चुनौतीको रूपमा देखिएको छ । एकै पटक धेरै चाहिने हाम्रो संस्कार परिवर्तन गर्न सकिएको छैन । तर पनि जति सकिन्छ विकास निर्माण, सामाजिक, आयआर्जनका कामलाई अगाडी बढाएका छौं । रामपुर नगरपािलकाको ठूलो आम्दानीको श्रोत छैन । उद्योग, कलकारखाना खासै केही छैन । प्रायः सबै कृषक हुन् । यहा“का प्राकृतिक श्रोत सम्पदाहरूको संरक्षणबाट पनि लाभ लिन सकिने अवस्था छ । अन्य स्रोतको खोजीका लागि समेत जनप्रतिनिधिहरू एकै ठाउ“मा उभिएका छौं । यसबाट भविष्यमा केही आम्दानी हुने खालका कार्य पनि सोंच बनेको छ । नगरपालिको आफ्नै भवनहरु निर्माण गरेर भाडामा लगाउने, कालीगण्डकी नदीको निर्माण सामग्री पनि श्रोत हुनसक्छ र कालीगण्डकी करिडोर सडक कालोपत्रे भएपछि उद्यँेग, कलकारखानालाई आकर्षण गर्नुपर्छ भन्ने लाग्छ ।
यो बाहेक अब कोरोना भाइरसको कहर सुरु भएको छ, त्यसैले स्वास्थ्यका क्षेत्रमा के कस्ता काम भएका छन् ?
सोच्दै नसोचेको कोरोना भाइरसले अहिले हामीलाई मात्र होइन विश्वलाई नै कहर बनाएको छ । सबै वडामा स्वास्थ्यका लागि तयारी अवस्थामा राखिएको छ । रामपुर अस्पतालमा ५० बेड तयार हुँदैछ । अस्थायी कोरोना आइसोलेशन पनि बनेको छ । शुन्य होम डेलिभरीको तयारी पनि छ । बर्थिङ सेन्टरका लागि पनि काम अघि बढेको छ । यति मात्र होइन, स्वास्थ्य बाहेक पनि हामीले रामपुर नगरका बासिन्दालाई समृद्ध, स्वरोजगार, आयआर्जनका काममा अग्रसर गराएर विकास र समृद्धिको पथमा लम्काउने छौं । अर्को कुरा महिला समूह, बालक्लब, युवा क्लव वा अन्य विभिन्न समुदायले १० लाखको भवन बनाउने गर्छन् । तर किन बनाउने गर्छन् भन्दा ५० हजारको सामाग्री राख्नलाई भन्ने लाग्छ । हामीले ‘माछा होइन बल्छी दिनुपर्छ’ भन्ने सोंच हाम्रो रहेको छ । महिला, युवा क्लबलाई हामीले कृषिका विभिन्न खेती गर्ने सीप दिने भन्ने सोंचाई छ ।
अन्त्यमा …
विश्वभर कोरोना भाइरसको महामारी फैलिएको छ । सरसफाईमा ध्यान दिऔं । सुरक्षित रहेर अरुलाई पनि सुरक्षित बनाऔं । रोगसँग लड्न सक्ने प्रतिरोध क्षमता बढाऔं । सोही अनुसारको खानपानमा ध्यान दिऔं । यति मात्र होइन, आत्मबल बढाउनुपर्छ । रोगसँग डराउने भन्दा पनि सबै मिलेर यसलाई जित्ने प्रयास गरौं । सबै एकजुट बनौं । एकले अर्कोलाई सहयोग गरौं । सहयोगी भावनाको विकास गरौं ।