जैविक मल राखेर अन्नबाली उत्पादन हुन्न भन्ने मानसिकता विकास गर्न सकिएन भने हरेक वर्ष यसैगरी रासायनिक मल हाहाकार हुन्छ । अनि किसानले भनेको सयमा मला पाउँदैन । रोपाइँ सकिएको १५ देखि २० दिनमा धान खेतीलाई रासायनिक मल चाहिन्छ । मल चाहिएकै बेला देशैभरि कहीँ पाइएन । कृषि सामग्री कम्पनी लिमिटेडको ढिलासुस्तिले समयमा किसानले मल पाउन सकेनन् । कृषि उत्पादन यतिबेला धरापमा छ । तर यसको विकल्पको बारेमा कहिल्यै सोच्ने प्रयास किन भएन ? रम्भा गाउँपालिका–१, सँगाहाका किसानहरुले जैविक मल उत्पादन गरेर रासायनिक मलकै प्रयोग गर्नुपर्छ भन्ने मान्यतालाई तोडेका छन् । रासायनिक मल भन्दा राम्रो उत्पादन गरेको उनीहरुको दाबी छ । बजारमा रासायनिक मल अभाव भएपछि स्थानीयले उत्पादन गरेको मल किन्न भीड लाग्नु पनि यसैको उदाहरण हो । विरुवामा भएको नाईट्रोजनलाई झोलमल, विषादी र किटनाशक औषधि बनाउने योजना अनुसार अघिल्लो वर्षदेखि नै जैविक मल बनाएका हुन् ।
धेरै राम्रो नतिजा आएपछि अहिले फेरी उत्पादनमा लागेका छौं । यो मल अरु मल भन्दा धेरै फरक छ । जैविक मल हालेपछि उत्पादनमा धेरै फरक आउँछ । उनीहरुले यो मलको उत्पादन १ लाख लिटर पुर्याउने लक्ष्य राखेका छन् । सस्तो पनि छ । प्रतिलिटर ५ रुपैयाँमा बिक्री गर्छन् । अहिले रासायनिक मलको विकल्प जैविक मल वा प्राङ्गारिक मल नै प्रयोग गर्नुपर्छ भन्ने कुरा धेरै ठाउँमा उठ्ने गरेका बेलामा यहाँका किसानले मल उत्पादन गरेर उदाहरणीय काम भएको छ । त्यसको व्यवहारिक प्रयोग र वैकल्पिक उपायका बारेमा भने कमैले मात्र सोंच्ने गरेको पाइएको छ । सँगाहाका १ सय ४५ घर मल उत्पादनमा खटिएका छन् । किसानका लागि घाँस र मल सहज नहुँदासम्म कृषि क्षेत्रमा सफल भइदैन । उत्पादित मलको ल्याब टेष्ट गर्नुपर्छ । जुन जमिनमा जे तत्व आवश्यक छ त्यो पुर्ती हुने गरि मल तयार गर्नुपर्छ ।
किसानलाई बीउँ, मल र घाँस सस्तो भयो भने जैविक मल उत्पादन लागत पनि सस्तो हुन्छ । मल अभावका वेला कहिल्यै पनि विकल्पका बारेमा सोंच्ने प्रयास हुँदैन । तीन तहका सरकार छन् । तर समुदाय आफैले मल उत्पादन गर्न अघि सरेका छन् । स्थानीय, प्रदेश र संघीय सरकारले यस विषयमा सोच्नुपर्ने हो । तर सोँचेको पाइँदैन । स्थानीयद्धारा उत्पादित यो मलले माटो निकै हलुंगो बनाउँछ । कृषिका पकेट क्षेत्रहरू छन् ।कच्चा पदार्थ सबै स्थानीय तहले रम्भामा भइरहेको मल उत्पादन विधि सिकेर आ–आफ्नो क्षेत्रमा प्रयोग गर्ने हो भने बाहिर देशबाट मल आयात गर्नुपर्ने अवस्था आउने थिएन । त्यसैले सबै सरकारको सहयोगमा कृषि उत्पादनलाई प्रवद्र्धन, व्यवसायिक गर्नका लागि जैविक मल उत्पादनको खाँचो मात्र होइन अपरिहार्य नै छ ।