पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) घरमै बसेकालाई कोरोना भाइरस संक्रमण बढ्दै गएको छ । अधिकांश गाउँमा समुदायमा कोरोना भाइरस संक्रमण बढेको छ । मिसन, लुम्विनी मेडिकल कलेज र पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उपचार गराइरहेका बिरामी, स्वास्थ्यकर्मी, अस्पतालका अन्य कर्मचारीमा पनि देखिएको छ । पाल्पा अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । मिसन अस्पताल वरपर पनि शील जस्तै छ । लुम्विनी मेडिकल कलेजका अध्यक्ष, इमरजेन्सी स्टाफ नर्सलाई कोरोना देखिएको छ । तर ती स्थानमा धमाधम बिरामीको उपचार भइरहेको छ । सेवाग्राहीको संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सेवामा संलग्न स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गर्नुपर्ने हो । रिपोर्ट नेगेटिभ नआउँदासम्म अस्पतालको आकस्मि सेवा बाहेक सबै सेवा बन्द गर्नु पर्ने हो । तर लुम्विनी मेडिकल कलेजमा किन त्यसो गरिएको छैन ?
कुनै ‘ट्राभल हिस्ट्री’ नभएकामा कोरोना भाइरस देखिनु चानचुने होइन । यसमा हेलचेक्रयाई गरिएको छ । पछिल्लो समयमा कोरोना भाइरस संक्रमण पुष्टि भएका ८० प्रतिशत ‘ट्राभल हिस्ट्री’ नै नभएका हुन् । समुदायमा घुलमिल भएका व्यक्ति हुन् । यति मात्र होइन उनीहरु खुलेआम हिडडुल गरेका व्यक्ति हुन् । व्यापारी हुन् । व्यवसायी हुन् । समुदायमा कोरोना संक्रमण दर बढेसँगै स्थानीयमा पनि त्रास बढेको छ । कतिपय स्थानमा भने हेलचेक्रयाई गरेका छन् । तिनाउ, तानसेन, रामपुर, रम्भा, रिब्दीकोट, माथागढीमा गृहिणी, वृद्धवृद्धा, जनप्रतिनिधि र व्यवसायीमा कोरोना भाइरस पुष्टि भएको छ । समुदायमा देखिने क्रम बढेको छ । त्यसैले परीक्षणको दायरा पनि बढाउनपर्नेमा समुदायकै माग रहेको छ । यसमा स्थानीय तहले हेलचेक्रयाई गर्न हुन्न ।
सीमा नाकामा कडाई गर्दागर्दै पनि समुदायमा अपत्यारिलो ढंगले कोरोना भाइरस संक्रमण पुष्टि हुनु गतिलो संकेत होइन । नेपालीको महान पर्व दशैं नजिकिँदो छ । तर झन् बढी छिमेकी जिल्ला र तराईका विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । त्यसका लागि अब समुदाय सचेत हुनैपर्छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएपछि जिल्लाका दर्जन बढी स्थानमा आवाजजावत बन्द छन् । तर शील गरेका, बन्द गरेका क्षेत्रका नागरिक हिडेकै छन् । यस्ता विषयमा समुदाय, जनप्रतिनिधि, राजनीतिक दल, सचेत समुदायले चेतना फैलाउन जरुरी छ । मास्क लगाउन आग्रह गर्नुपर्छ । घर बाहिर बिना काम लखरलखर हिड्न रोक्नै पर्छ । हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने हो भने पक्कै पनि केही राहत हुनेछ । तर सुरक्षति बसौं, त्रसित नबनौं ।