रुरु क्षेत्र धाम रिडिमा पहिलोपल्ट आई टि एफ तेक्वाण्डो प्रतियोगिता हुने

बिष्णु पाण्डेय
माघ १६ , पाल्पा, रुरु क्षेत्र धाम रिडिमा पहिलोपल्ट आई टि एफ तेक्वाण्डो प्रतियोगिता हुने भएको छ । रुरु आई टि एफ डोजाङ्ग क्लब गुल्मिको आयोजनामा यहि फाल्गुन १७ र १८ गते प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा पश्चिमाञ्चल विकाशक्षेत्र समेत समेटिने गरि १६ जिल्लाका ४७० बढि खेलाडि सहभागि रहने क्लबका अध्यक्ष बिकल पौडेलले जानकारि दिनुभएको छ । रुरु क्षेत्रलाई धार्मिक रुपमा मात्र नभई खेलकुदको माध्यमबाट पनि देश विदेशमा परिचित गराउन यस प्रतियोगिता आयोजना गरिएको उहाको भनाई छ ।साथै पर्यटन प्रबर्धनमा पनि टेवा पुग्ने र खेलाडिको मनोबल समेत बढ्ने उहाको विश्वास छ । खेलमा २५ केजि देखि ५५ केजिसम्म प्रतिस्पर्धा हुनेछ । खेल महिला र पुरुष दुवैको भिन्नाभिन्नै हुनेछ । विजेता हुनेले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । खेल सञ्चालन गर्न २१ सदस्यिय मुल आयोजक समिति समेत गठन भएको छ ।

सम्बन्धित खवर