Tuesday, September 27, 2022
Homeसमाचारभेटेरिनरी अस्पतालको कार्यक्रम सार्वजनिक

भेटेरिनरी अस्पतालको कार्यक्रम सार्वजनिक

पाल्पा,भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी चालू आर्थिक वर्षमा कार्यालयले सञ्चालन गर्ने योजना र बजेट बारे सरोकारवालाहरुलाई जानकारी गराइएको हो ।

कार्यालयको चालू आर्थिक वर्षमा सात करोड ६५ लाख ३ हजार बजेट रहेको छ । जसमा पूंजिगततर्फ तीस लाख पचास हजार र चालूतर्फ छ करोड ७६ लाख तीन हजार रुपैयाँ रहेको विज्ञ केन्द्रले जनाएको छ ।

सार्वजनिकीकरण कार्यक्रममा वरिष्ठ पशु विकास अधिकृत डा.चन्द्र बहादुर रानाले यस वर्ष साधारण कार्यक्रम अन्र्तगत पूजिगत कार्यक्रम कार्यालयको तालिम हलको तला थप, ग्यारेज र कम्प्यूटर खरिदका लागि वीस लाख ५० हजार, चालु खर्चको कार्यक्रममा दुई करोड २७ लाख तीन हजार रुपैया गरी कुल दुई करोड ४७ लाख ५३ हजार बजेट रहेको जानकारी दिए ।

यसका साथै कृषि उत्पादन,खाद्य तथा षोषण सुरक्षा कार्यक्रम अन्तर्गत नब्बे लाख ७५ हजार, स्मार्ट कृषि गाउँ कार्यक्रमका लागि एक करोड ९ लाख ४८ हजार, मत्स्य विकास कार्यक्रमका लागि पाँच लाख ९५ हजार,कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा विस्तार कार्यक्रमका लागि एक करोड ८६ लाख २ हजार,पशुपन्क्षी विकास तथा पशु स्वास्थ्य नियमनका लागि तेत्तीस लाख ८० हजार र .प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गाईको व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रमको क्रमागत योजनामा तेत्तीस लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख रानाले बताए ।

अहिले पाल्पा दुधमा आत्मनिर्भर रहेको छ । यहाँ दुधबाट छुर्पी र चिज तयार गरी पोखरा र बुटवल पठाउने गरेको विज्ञ केन्द्रका प्राविधिक युवराज ज्ञवालीले बताए । प्राविधिक ज्ञवालीले स्थानीय तहको समन्वयमा कार्यक्रममा दोहोरोपना नहुँनेगरी काम गरिएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लाको आवश्यकता र मागका आधारमा प्राप्त बजेट प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले पशुपालक किसानको हितमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा सहभागी निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु,पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा,माथागढी गाउँपालिका अध्यक्ष यम चिदी,बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक,तानसेन ६ का वडाध्यक्ष सागरमान बज्राचार्यलगायतले स्थानीय जातको भैसी संरक्षण,बजारीकरणका विषयमा गम्भीर हुनुपर्ने बताए । उनीहरुले दुध खान पाउँदा सम्म गाई राख्ने त्यसपछि सडकमा छोड्ने चलन बढेकोले यसको नियन्त्रणका लागि गाईको अभिलेख राख्ने व्यवस्था गर्नुपर्ने बताए ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe