Wednesday, September 28, 2022
Homeसमाचारनिस्दीको गाउँमै भिडियो एक्स–रे सुविधा

निस्दीको गाउँमै भिडियो एक्स–रे सुविधा

पाल्पा,निस्दी गाउँपालिका कार्यालय मित्याल,पाल्पाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लगेको छ । जनतालाई सहज र सरल रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको पालिकाले जनाएको छ । यसैबीच पालिकाले गर्भवती महिलालाई लक्षित गरेर वडामै गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा शुभारम्भ गरेको छ ।

अब विशेष गरी गर्भवती महिलाले भोग्नुपरेको जटिलताको समयमै पहिचान हुने गाउँपालिकाको अध्यक्ष सारुको विश्वास रहेको छ । उनले ‘गर्भावस्थामा आउने जटिलताको कारण महिलाले अकालमै ज्यान गुमाउने अवस्था नरहने बताए । अध्यक्ष सारुले समयमै जटिल अवस्था पहिचान हुने भएकाले आमा र गर्भको शिशुको ज्यान जोगिनेमा आफु विश्वस्त रहेको बताए ।

भिडियो एक्स–रे वडामानै गर्नपाएपछि रिपोर्टका आधारमा गर्भवती महिलाका लागि स्वास्थ्यकर्मीले आवश्यक परामर्श दिने गाउँपालिका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । अव भिडियो एक्स–रे सेवाकै लागि वडाछाड्नु नपर्ने उनको भनाइ छ । सेवा विस्तार भएपछि गर्भवती महिलाका साथै अन्य स्थानीयवासी पनि खुसी भएका छन् ।

निस्दीमा भिडियो एक्स–रे मेसिन व्यवस्थापनका लागि लुम्बिनी प्रदेश सरकारले प्राविधिक सहयोग गरेको गाउँपालिकाले जनाएको छ । मेसिनरी औजार सहित एक जना अनमीका लागि तालिम उपलब्ध गराएर सेवा सुरु गरिएको हो । प्रत्यक महिनाको एक पटक वडावडामा पुगेर महिलाका लागि सेवा प्रवाह गरिने छ । सेवाका लागि आवश्यक व्यवस्थापन सहित सोलार बत्तीको व्यवस्था गरेको पालिकाले जनाएको छ ।

ग्रामीण क्षेत्रका महिलाहरू जतिसुकै अप्ठेरो महसुस गरे पनि भिडियो एक्स–रे सेवा पाउँन मुस्किल हुन्छ । यसले अन्तिम समयमा ज्यानै जोखिममा पर्ने गरेको छ । समयमै गर्भावस्थाको जटिलताबारे थाहा हुँदा गर्भवती महिलाले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्यका लागि सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रेमबहादुर दिशाले बताए । सेवा सुरु भएपछि गर्भवती महिलाहरु परीक्षणका लागि उत्साहित भएर सहभागी भएको उनको भनाइ छ ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe