रोटरी क्लबको वृक्षारोपण

पाल्पा,रोटरी क्लव अफ पाल्पा लुम्बिनीको वार्षिक कार्यक्रम अनुसार तानसेन नगरपालिका ७ प्रभास क्षेत्रमा आँप लगायतका विभिन्न जातका विरुवाहरु रोपिएको छ ।

प्राकृतिक सुन्दरतालाई हराभरा बनाउन र विस्थापित प्रभास बगैचाका आँपका रुख राख्न वृक्षारोपण गरिएको हो ।
कार्यक्रममा क्लबका पे्रसिडेन्ट खड्ग बहादुर जिरेलले रोटरी बर्ष २०२२/०२३ को योजना अनुरुप संरक्षण सहितको वृक्षारोपण गर्न लागेको जानकारी दिए । वृक्षारोपण पछि रोपेका विरुवाहरुको संरक्षण महत्वपूर्ण भएकोले रोपेको विरुवाहरुलाई संरक्षणसहित हुर्काउने प्रतिबद्धता समेत व्यक्त समेत गरे ।

कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट गोपालबहादुर पोखरेल, इमिडियट पास्ट प्रेसिडेन्ट तारा रायमाझी पोखरेल, क्लबका सदस्यहरु, ता.न.पा ७ का वडाध्यक्ष प्रदिप खनाल, प्रभास टोल विकास संस्थाका सदस्यहरुको सहभागिता रहेको भक्तिराम न्यौपानेले बताए ।

 

सम्बन्धित खवर