Tuesday, September 27, 2022
Homeसमाचाररोटरी क्लवको विश्व स्तनपान कार्यक्रम

रोटरी क्लवको विश्व स्तनपान कार्यक्रम

भक्तिराम न्यौपाने
रोटरी क्लव अफ पाल्पा लुम्बिनीले विश्व स्तनपान दिवशको अवसरमा स्तनपान सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम लुम्बिनी मेडिकल कलेजको परिसरमा भएको हो ।

रोटरी क्लव अफ पाल्पा लुम्बिनी तथा लुम्बिनी मेडिकल कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा सुत्केरी आमाले आफ्नो बच्चालाई कसरी स्तनपान गराउदा नवजात शिशुलाई राम्रो हुन्छ भन्ने विषयमा जानकारी गराइएको थियो । आमाको दुध बच्चालाई अमृत समान हुन्छ भन्ने स्तानपान सम्बन्धी लुम्बिनी मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले जानकारी गराए ।

सचेतना कार्यक्रममा सुत्केरी अवस्थामा आमाले बच्चालाई कसरी स्याहर सुसार गर्ने ? सुत्केरी आमालाई के—कस्ता पौष्टिक आहारको आवश्यकता हुन्छ ? जस्ता विषयमा कार्यक्रमका संयोजक तथा क्लबका सर्भिस प्रोजेक्टका डाइरेक्टर शिखा पहारीले सहजिकरण गरिन ।

कार्यक्रममा लुम्बिनी मेडिकल कलेजमा भर्ना भएका सुत्केरी आमाहरुलाई क्लबका प्रेसीडेन्ड इलेट रमेश न्यौपाने तथा सहजकर्ता पहारीले पौष्टिक आहार वितरण गरे । कार्यक्रममा रोटरी क्लवका सदस्यहरु , लुम्बिनी मेडिकल कलेजमा कार्यरत चिकित्सकहरुको सहभागिता रहेको थियो ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe