बगनासकालीको वार्षिक समिक्षा

0
114

दयाराज न्यौपाने
बगनासकाली गाउँपालिकाले वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा गाउँपालिकाबाट सम्पादन भएका कामहरूको उपलब्धि ,सम्भावना र चुनौतिका विषयमा समिक्षा गरेको हो ।

सोमबार र मंगलबार चलेको समिक्षा कार्यक्रममा १० वटा स्वास्थ्य संस्था, ९ वटा वडा कार्यालय र गार्उँपालिका भित्रका १४ वटा विषयगत शाखाको गरी ३३ वटा शाखाले आआफ्नो गएको आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमको समिक्षा गरेको गाउँपालिकाका प्रवक्ता टिकाबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार समिक्षामा गाउँपालिकाले वार्षिक शैक्षिक पाठ्यपुस्तक प्रकाशन, शैक्षिक क्यालेण्डर प्रकाशन, प्रविधिमैत्री शिक्षामा जोड दिएको जानकारी दिए । यस्तैगरी नियमित सहकारी अनुगमन, बेरुजु फस्र्यौटतर्फ जिल्लामै विशेष प्रगति भएको जनाएको छ । गाउँपालिकाले ५९ लाख आन्तरिक आम्दानी भएको बताउँदै ६७ प्रतिशत बेरुजु संम्परीक्षण भएको आर्थिक प्रशासन शाखा प्रमुख कोशल पौडेलले बताए ।

गाउँपालिकाले वर्षभरिमा जम्मा ४ सय २२ वटा योजनाहरू संचालन भएको र १७ किलोमिटर कालोपत्रे गरेको १५ शैयाको अस्पताल र प्रशासनिक भवनको कामथालनी भएको जनाएको छ । स्वास्थ्यतर्फ १० वटा स्वास्थ्य संस्था, २८ गाउँघर क्लिनिक र २५ वटा खोप क्लिनिकबाट पोषण, सुरक्षित मातृत्व, स्वास्थ्य उपचार, औषधिवितरण लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी गराए । उनले गाउँपालिकामा पछिल्लो समय कडा खालका दीर्घरोगीको संख्या बढ्दो रहेकोले जानकारी गराए ।

समिक्षा कार्यक्रमा रोजगार शाखा, राजस्व शाखा, कृषि, बालमैत्री, सामाजिक सुरक्षा तथा पञ्जिकरण, पशुसेवा, महिला तथा बालबालिका, गरिवि निवारणका लागि लघुउद्यम, सूचनाप्रविधि, जिन्सी शाखाले आआफ्नो वार्षिक प्रगति पेश गरेका थिए । गाउँपालिकमा आ.व.२०७८/०७९ मा बसाई सराईको संख्यामा वृद्धि भएको, कृषि, पशुसेवा तर्फ मागमा आधारित कार्यक्रमलाई व्यवस्थापन गर्न नसकिएको र पशु सेवा प्राविधिकको जनशक्ति कमी भएको कुरा उठेको थियो ।

वार्षिक प्रगति समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष सस्स्वती चिदी दर्लामीले समग्रमा आर्थिक बर्ष २०७८/०७९ उपलब्धीमूलक रहेको बताइन । उनले गत आर्थिक वर्षमा गर्न नसकिएका विकास निर्माण तथा सेवाप्रवाहलाई यस वर्ष प्रभावकारी ढङ्गले अगाडि बढाउने बताइन । चिदीले सामाजिक विकासका लागि जनप्रतिनिधिहरूको साथ र सहयोग रहने भन्दै उच्च मनोवलकासाथ कार्य सम्पादन गर्न आग्रह समेत गरिन् ।

गाउँपालिका उपाध्यक्ष हरि प्रसाद पाठकले व्यवस्थित ढङ्गले योजना बनाएर परिणाम देखिनेगरी काम अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बिस्णु घर्तीले प्रगति समिक्षाले सेवा प्रवाह प्रभावकारिता र सुशासन वृद्धिमा सघाउ पु¥याउने भएकोले पालिकाले समिक्षा कार्यक्रमलाई नियमित गर्दै आएको बताए ।

कार्यक्रममा गाउँपालिकाका प्रवक्ता टीका बहादुर थापा, पत्रकार महासघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, बगनासकाली पत्रकार समुहका नेत्रप्रसाद गैरे लगाएतले जनप्रतिनिधि र कर्मचारी सहितको साझा बसाई उपलब्धिमूलक र सार्थक रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here