बगनासकालीको सार्वजनिक सुनुवाई सकियो

0
337

पाल्पा, बगनासकाली गाउँपालिकाको सेवा प्रवाह र विकास गतिविधिका विषयमा सार्वजनिक सुनुवाई भएकाे छ ।

लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेले छनौट गरेको सेवा प्रदायक संस्था असल छिमेकी नेपाल नामक संस्थाको सहजीकरणमा सार्वजनिक सुनवाई भएको हो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले आर्थिक पारदर्शीता,सुशासन सहितको सेवा प्रवाहमा जोड दिने बताइन् । उनले जनता संग जोडिएको सरकार स्थानीय सरकार रहेकोले बगनासकालीका नागरिकसंग जवाफदेही भएर काम गरिने बताइन् । अध्यक्ष चिदी दर्लामीले आगामी पाँच बर्षमा पालिकाको समग्र विकासका साथै गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिने समेत बताइन् । उनले काम गर्ने दोरानमा केहि समस्याभए तत्काल सुझाव राख्न आग्रहगदै बगनासकाली गाउँपालिकाको सुशासन वृद्धिका विषयमा सघाउन आग्रह समेत गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विणु घर्तीले प्रशासन र सुशासनका विषयमा उठेका सवालको जवाफ दिएका थिए । सहभागीहरुले उपभोक्ता समिति मार्फत विकासको काम गर्दा गर्नुपर्ने १० प्रतिशत श्रमदानले समस्या थपेको गुनासो गरेका थिए । यस्तै योजनामा काटिने कन्टिन्जेन्सी केमा खर्च हुन्छ ? पालिकामा बेरुजी बढी किन हुन्छ ? लगाएतका विषयमा प्रश्न राख्नुका साथै आर्थिक व्यवस्थापन चुस्त दुरुस्त हुनुपर्ने सुझाव राखेका थिए ।

कार्यक्रम उपाध्यक्ष हरि पाठकको स्वागत तथा अध्यक्ष सरस्वती चिदि दर्लामीको अध्यक्षता चलेको प्रवक्ता टिकाबहादुर थापाले जानकारी दिए । कार्यक्रममा जनप्रतिनिधि,कमर्चारी,सेवाग्रही,पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here