Wednesday, August 10, 2022
Homeसमाचारजिल्ला समन्वयको परिचयात्मक कार्यक्रम

जिल्ला समन्वयको परिचयात्मक कार्यक्रम

 

पाल्पा,जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जनता सेवाबाट विमुख नहुनेगरी सेवा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।

नवनिर्वाचित जिल्ला समन्वय समितिकाे नेतृत्वले आयोजना गरेको परिचयात्मक कार्यक्रममा प्रमख खनालले परिचय संगै सेवा प्रवाहको विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए । उनले विगतमा समन्वय समितिको काम बारे सुझाव दिन र आगामी दिनमा समन्वय गरि सुशासनका लागि सहकार्य गर्नुपर्ने बताए ।  प्रमुख खनालले काम धेरै रहेको अधिकार कम भएपनि ऐन नियमलाई टेकेर समन्वय र सहकार्यका साथ जनताले गुणस्तरीय सेवा लिने वातावरण निर्माण गर्ने बताए ।

उपप्रमुख काशिका गैरेले जिल्लालाई भष्ट्रचारमुक्त र सुशासनयुक्त बनाउन सवै मिलेर काम गर्नुपर्ने बताइन् । उनले हामी सेवै सेवा प्रदायक संस्था भएकोले नागरिकलाई सेवा दिने सवालमा चुक्न नहुने समेत बताइन् । उपप्रमुख गैरेले परिचय संगै हाम्रो समन्वय र सहकार्य सुरु भएकोको समेत बताइन् ।

प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थले नवनिर्वाचित जिल्ला समन्वय समितिको टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले समन्वय समितिको काम विशेषगरी समन्वय र अनुगमनको क्षेत्र रहेको बताए । कार्यकारी अधिकार नभएपनि समन्वयको काम महत्वपूर्ण रहेको समेत बताए । प्रमुख जिल्ला अधिकारी पन्थले अनुगमन र समन्वयलाई तिव्रता दिदा जिल्लामा सुशासन कायम हुनुका सार्थ कार्यक्रमको दोहोरोपना हट्ने विश्वास व्यक्त गरे ।

परिचयात्मक कार्यक्रममा सहभागी कार्यलय प्रमुखहरुले आफ्नो कार्यालयको सक्षिप्त कामका बारेमा समन्वयको नयाँ नेतृत्वलाई जानकारी गराएका थिए । उनिहरुले कार्यालयको काम बारे बताएका थिए ।

 

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe