नीति तथा कार्यक्रमका लागि बगनासकालीको सुझाव संकलन

0
28


पाल्पा, बगनासकाली गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रमका लागि पत्रकार संग सुझाव संकलन गरेको छ ।

पालिकामा पत्रकार सम्मेलन आयोजना गरि पत्रकारहरु संग सुझाव मागिएको हो । कार्यक्रममा पालिका अध्यक्ष सरस्वती चिदीले पालिकालाई राम्रो र नमुना बनाउन भष्टचारमुक्त र सुशासनयुक्त पालिका बनाउने प्रतिवद्धता गरिन ।

उनले पालिकाको विकासमा पत्रकारहरुको सहयोग , सुझाव र सहकार्य आबश्यक रहेको समेत बताइन् । उनले सवै क्षेत्रगत व्यक्तित्वको सहभागीतामा राय संकलन गरि सोहि आधारमा नीति तथा कार्यक्रम तयार गरिने बताईन ।

पालिका उपाध्यक्ष हरी पाठकले सिमित स्रोत साधनका बीच नागरिकको असिमित आबश्यकतालाई क्रमिक रुपमा सम्वोधन गर्दै लैजाने योजना पालिकाको रहेको बताए । उनले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने, नागकिरको माग र आबश्यकताका आधारमा योजनाको प्राथमिकतामा राखेर काम गर्ने बताए ।

सुझाव संकलनका लागि आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले शिक्षाको गुणस्तर सुधार गरि काक्षा १२ सम्म निशुल्क अध्ययनको व्यवस्था गर्न सुझाव दिएका छन् ।

यसैगरी पत्रकारहरुले धार्मिक पर्यटनको विकास,बगनासकाली गाउँपालिकाको पहिचान,कुमाल,वोटेमाझी समुदायको उत्थानका क्षेत्रमा विशेष कार्यक्रम ल्याउनुपर्ने,उपभोक्ता समितिको क्षमता विकास गर्नुपर्ने बताए । यसका साथै गुणस्तरीय र सहज सेवा प्रवाह,कृषि उत्पादनको बजारीकरण,स्थानीय उत्पादनको ब्राण्डीङ्ग,बादर नियन्त्रणका लागि नतिजामुखी काम गर्न सुझाएका छन् ।

पालिकालाई स्वास्थ्य,सहकारी,सडक पूर्वाधारमा जनताको आबश्यकता अनुसार काम गर्न आग्रह गरे । पत्रकारहरुले पत्रकार तथा संचारगृहको सवलीकरणका लागि काममा आधारित अनुदानको व्यवस्था,संस्थागत सहयोग जस्ता विषयमा सुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा,बगनासकाली पत्रकार समुहका अध्यक्ष दिपक ढुंगानाले नीति तथा कार्यक्रम तयार गर्ने विषयमा सुझावलिनु सकारात्मक भएको बताए । उनीहरुले प्राप्त सुझाव टिप्नेमात्र नभै लागू गर्न समेत आग्रह गरे । कार्यक्रममा पालिकाका प्रवत्ता टिकाबहादुर थापाले पत्रकारहरु संग पालिका सहकार्य गरेर अगाडि बढ्ने बताए । प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले सेवा प्रवाहलाई गुणस्तर बनाएर सहज रुपमा सेवाग्राहीलाई सेवा उपलव्ध गराउने बताए । पालिकाले यसै विच सर्वदलिय र सर्वपक्षिय भेला समेत गरि सुझाव लिएको छ ।

अहिले पाल्पाका स्थानीय तहहरु नीति तथा कार्यक्रमको तयारीमा लागि परेका छन् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम असार १० भित्र गाउँसभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । तानसेन नगरपालिकाले आइतबारनै आगामी बर्षको लागि नीति तथा कार्यक्रम गाउँसभामा पेश गरिसकेको छ भने अन्य स्थानीय तह तयारीमा जुटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here