Friday, June 2, 2023
spot_img

अपांगताको क्षेत्रमा तानसेनको नमुना काम

करूवा (पाल्पा) तानसेन नगरपालिकाले नगरपालिकाको नीति, कार्यक्रम तथा बजेटलाई अपांग मैत्री बनाएको छ । नगरपालिकाले अपांगता समन्वय समिति गठन गरेको छ भने अस्पताल जाँदा ५ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ ।

स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत स्थानीय स्तरमा समावेशी विकास परियोजना अन्तर्गत अपांगता भएकाहरुको सवालमा नगरपालिकाले गर्ने कार्यमा सुधार गर्दै लगेको हो । नगरपालिकाले अपांगता भएका व्यक्ति लगायत सबै नागरिकको लागि सहज पहुँच पुर्याउन पूर्वाधार विकासमा प्राथमिकता दिने प्रतिवद्धता जनाएको उपप्रमुख लक्ष्मीदेवी पाठकले जानकारी दिइन् ।

अपांगता भएकाहरुलाई परिचयपत्र बितरणका साथै आवश्यकता पहिचान सहितको सहायक सामाग्रीहरुको व्यवस्था गरेको उनले बताइन् । आगामी दिनमा पहुँचयुक्त सूचना प्रणालीमा विकास गर्नुका साथै शैक्षिक संस्थाहरुको अनुगमन तथा पहुँचयुक्ततामा पनि ध्यान दिएको तानसेन नगरपालिकाले जनँएको छ ।

राष्ट्रिय अपांग महासंघ नेपालको आयोजना, द एशिया फाउण्डेसनको सहयोगमा सिर्जनशील अपांग स्वाबलम्बन केन्द्र पाल्पाले आयोजना गरेको स्थानीयस्तरमा समावेशी विकास परियोजना अन्तर्गत तानसेन नगरपालिकाले कार्यशैलीमा सुधार्दै लगेको हो । सामाजिक विकास अधिकृत भरत आचार्यका अनुसार अपांगता सहायता कक्ष निर्माण, सांकेतिक दोभाषे सेवाका लागि पनि छलफल भइरहेको छ । परियोजनाको सात महिने समीक्षामा बोल्दै सिर्जनशील अपांग स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भट्टराईले परियोजनाका कारण नगरपालिकाले बनाएको १२ वटा कार्ययोजनामध्ये ७० प्रतिशत बढी पूरा गरेको बताए । द एशिया फाउण्डेशनका लुम्बिनी प्रदेशका कार्यक्रम सयोजक चुरामणी पोखरेलले नगरपालिकासँगको साझेदारीमा भएको कार्यक्रमले सफलता पाएकोा बताए ।
वडाध्यक्षहरु बरुणप्रसाद रेग्मी, महेशलाल शाक्य, गणेशबहादुर थापा, सागरमान महर्जन, रामबहादुर रावल, देवेन्द्र बहादुर राना, रामप्रसाद घिमिरेले वडा वडामा पनि अपांगता भएकाहरुका सवालका विषयमा छलफल हुने हो भने काम गर्न र बजेट विनियोजनमा सहयोग पुग्ने बताए । कार्यक्रममा सात महिने अवधिको समिक्षा गर्दै गर्दा वडामा लक्षित बजेट पछिल्ला वर्षमा पुग्न नसक्दा पनि काम गर्न समस्या भएको बताएका थिए । १० प्रकारका अपांगता भएकाहरुको पहिचानसहितको तानसेन नगरपालिकालाई घडी उपचार दिइएको कार्यक्रम सिर्जनशील अपांग स्वावलम्बन केन्द्रका अध्यक्ष सन्दीप भटराईको अध्यक्षतामा चलेको हो ।

यो पनि पढौँ

ताजा