टेक्टर समितिमा पुनः श्रेष्ठ

पाल्पा । पाल्पा टेक्टर समितिको १४ औं साधारणसभा तथा पाँचौ अधिवेशनले अध्यक्षमा रामप्रसाद श्रेष्ठलाई पुनः चयन गरेको छ । समितिको उपाध्यक्षमा हुमराज बस्याल, सचिव विष्णु बहादुर कार्की, कोषाध्यक्ष बसन्तमान सिमाङ गैडा श्रेष्ठ, सहसचिव लक्ष्मण बहादुर खड्का रहेका छन् । साधारणसभाले नन्दकिशोर अमात्य, दुष्यान्त भण्डारी, धु्रवबहादुर खाती, नारायण बस्याल रहेका छन् । क्षेत्र नम्बर १ का लागि इश्वरीप्रसाद श्रेष्ठ र क्षेत्र नम्बर २ का लागि नविन थापा सदस्य भएका छन् । नवर्तमान अध्यक्ष सुरेशकुमार कर्माचार्य पदेन सदस्य रहेका छन् । साधारणसभा अध्यक्ष रामप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष हुमराज बस्यालको स्वागत र सचिव विष्णु बहादुर कार्कीको संचालनमा सम्पन्न भएको हो ।

सम्बन्धित खवर