Monday, June 27, 2022
Homeसमाचारकर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगित

कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगित

पाल्पा, कोभिड १९ को बढ्दो संक्रमण न्यूनिकरणका लागि स्वास्थ्य कार्यालय पाल्पाले नमुना एन्टीजेन परीक्षण गरेको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था पता लगाउन भिडभाड हुने कार्यालयमा सेवा लिन आएका सेवा ग्राहीको नमुना परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले भिडहुने कार्यालयका सेवाग्राही र कर्मचारीको नमुना परीक्षण गर्न दिएको निर्देशन अनुसार परीक्षणको काम भएको हो ।

जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयका सेवाग्राही र कर्मचारी गरि कुल ४४ जनामा गरिएको नमुना एन्टीजेन परीक्षणमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पामा ल्याव टेक्निसियन मधुसुधन भटराईले जानकारी दिए । कोरोना संक्रमण ग्राफ दैनिक बढेको समयमा नमुना परीक्षण गरि यथार्थ अवस्था पत्ता लगाउने परीक्षण गरिएको उनले बताए ।

यसै बिच जिल्ला प्रशासन कार्यालय पाल्पाले बुधवार देखी साउन २९ गते सम्म सेवा स्थगित गरेको छ । कार्यालयमा कार्यरत ९ जना कर्मचारी मध्य ५ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सेवा स्थगित भएको हो ।

बुधवार  देखी २९ गते साउन सम्म शान्ति सुरक्षा,विपद् व्यवस्थापन ,मुद्धा तथा ठाडो उजुरी वाहेक अन्य सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

यो पनि पढौँ