अंकितको उपचारमा सहयोग जुट्दै

रमा भण्डारी

रामपुर, ब्लड क्यान्सर भएका ६ वर्षिय बालक अंकित रानाको उपचारका लागि विभिन्न संघ सस्था तथा व्यक्तिबाट सहयोग रकम संकलन भएको छ । बालकको भरतपुर क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

रामपुर नगरपालिका ५ राना टोलका बाबु प्रेम बहादुर राना र आमा लिला रानाको आफ्नो छोराको उपचारका लागि सहयोगको अपिल गरेपछि रामपुरमा सहयोग संकलन भएको हो ।

अंकित बचाँउ अभियानमा रामपुर नगरपालिका एकिकृत मगर उत्थान समाज रामपुर, आइस ल्बड कोष रामपुर लगायत विभिन्न संघसस्थाहरु सहयोग गरेका छन् । रामपुर नगरपालिकाले उपचारमा सरकारी सुविधा लिनका लागि सिफारिस गरिसकेको जनाएको छ । यसका साथै विपद् व्यवस्थापन कोषबाट नगद १५ हजार सहयोग गरेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

अभियानमा भुपु शैनिक राइजिङ स्कुल रामपुर ५ मटेरीका व्यवस्थापन समितिका अध्यक्ष क्यापटेन देव बहादुर थापा मस्राङगी र विद्यालयका शिक्षक स्टाफबाट संकलित रकम ५६ हजार ,मात्रृभुमि मगर समुह रामपुर ५ बाट ४७ हजार ३ सय ५ रुपैया ,आयुष ल्बड क्यान्सर कोष रामपुर बाट १५ हजार रुपैया र कोषका संयोजक बुद्धिप्रकास रेग्मीले व्यक्तिगत रुपमा २ हजार ५ सय सहयोग भएको छ ।

यसैगरी रामपुर ५ रानाटोलका सुर्य बहादुर राना मार्फत ३४ हजार ४५ रुपैया संकलन भएको छ । यस्तै रामपुर ५ का वडा सदस्य माया नेपालीले ६ हजार र सावित्रा गौतमको एक हजार सहयोग गरेका छन् । हालसम्म रानाको उपचारको लागि करिव २ लाख ३३ हजार ३ सय ५ रुपैया संकलनगरी परिवारलाई प्रदान गरेको एकिकृत मगर समाजका सचिव राम बहादुर रानाले बताए ।

सम्बन्धित खवर