Wednesday, August 10, 2022
Homeसमाचारबजार खुकुलो पार्दै निषेधाज्ञा असार ३१ सम्म

बजार खुकुलो पार्दै निषेधाज्ञा असार ३१ सम्म

पाल्पा । जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञालाई खुकुलो बनाउँदै असार ३१ गतेसम्म थप गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिकाके बैठकले यसअघि गरेको निर्णयलाई यथावत राख्दै अत्यावश्यक पसल लगायत प्रायः सबै पसलहरु बिहान ७ देखि दिउँसो ३ बजेसम्म संचालन हुन पाउने निर्णय गरेको हो ।

यसअघि बन्द रहँदै आएको रेष्टुरेन्ट तथा खाजाघरहरुले बिहान ७ देखि साँझ ७ बजे सम्म (प्याकिङ्ग ) सेवा दिन पाउने छन् । भीडभाड नगर्ने र स्वास्थ्यको मापदण्ड पालना गर्न भने आग्रह गरिएको छ ।

बैठकले सार्वजनिक यातायात संचालनमा रोक लगाएको छ । तर पनि निजि सवारी भने पसल संचालनको अवधी दिउँसो ३ बजेसम्म संचालन हुन पाउने निर्णय भएको छ । भिडभाड हुने सभा सम्मेलन, ब्यूटिपार्लर, बैठक, भाजे भतेर, शैलुन लगाएतका क्षेत्र संचालन हुन पाउने छैनन् ।

गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा छैठौ पटक थप गरिएको हो । जारी निषेधाज्ञा मंगलबार राती १२ बजेदेखि सकिएको छ । पाल्पास्थित सरकारी कार्यालय सबै र बैंक तथा वित्तिय संस्थाहरु भने विहान १० बजेदेखि ५ बजेसम्म नै सञ्चालन हुने छन् ।

अत्यावश्यक सेवाका कार्यालय र सवारीसाधनहरु बाहेक अन्य निजी तथा सार्वजनिक यातायातमा भने रोक लगाइएकामा यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । एम्वुलेन्स, दमकल, शववाहन, अत्यावश्यक खाद्य सामग्री तथा पशुका दाना, दूध, फलफूल, तरकारी, माछा, मासू, पानी,ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोकेका सवारी साधनहरु, औद्योगिक कच्च पदार्थ बोकेका सवारी साधनहरु यथावत संचालन हुनेछ ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्युटी जान आउन प्रयोग गर्ने सवारी साधनहरु, औषधी तथा स्वास्थ्य सामग्री बोकेका सवारीहरु, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु चलेका छन् ।

पत्रकार प्रेस पास तथा परिचय पत्र वाहक सञ्चारकर्मीहरुले प्रयोग गरेका सवारी साधनहरु बाहेक पाल्पा जिल्लाभर सञ्चालन हुने यात्रुवाहक, सार्वजनिक तथा निजी सवारी साधनहरुको सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

औषधी तथा अत्यावश्यक सेवाहरु भने २४ घण्टा खुल्ने छन् । दुई सातायता बजारमा भीडभाड बढेको छ भने निषेधाज्ञा पनि केही खुकुलो भएको छ । तर ग्रामीण भेगमा कोरोना संक्रमण भने झन् बढेको स्थानीय तहले जनाएका छन् ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe