Wednesday, September 28, 2022
Homeअर्थ/बाणिज्यमिल्किङ मेशिन ५० प्रतिशत अनुदानमा बितरण

मिल्किङ मेशिन ५० प्रतिशत अनुदानमा बितरण

पाल्पा । तिनाउ गाउँपालिका–६, का गाईपालक युवा व्यवसायी गोपाल जीसीलाई मिल्किङ मेशिन (दुध दुहुने मेसिन) बितरण गरिएको छ । तिनाउ गाउँपालिकाले जीसीले संचालन गरेको मुनाल गाई फर्मलाई तीन लाख बराबरको मिल्किङ मेसिन प्रदान गरेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए ।

मुनाल गाई फर्म तिनाउ गाउँपालिकाको सबैभन्दा ठूलो गाई फर्म हो । फर्ममा अहिले १४ वटा दुहुना गाई छ । फर्मवाट दैनिक एक सय ५० लिटर दूध उत्पादन हुँदै आएको छ । गर्भधारण गरेका थप १९ वटा गाई फर्ममा रहेको संचालक जीसीले बताए ।
मेसिनबाट एकैपटक चार÷चार गाई दुहुन सकिन्छ । पशु स्वास्थ शाखा ईन्चार्ज मनिष अधिकारीका अनुसार गाउँपालिकाले कृषि तथा पशुपालनका क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमा जोड दिएको छ । किसानको माग र आवश्यकतालाई ध्यानमा राखी प्रविधिमा अनुदानको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe