पाल्पामा निषेधाज्ञा खुकुलो

ज्याेती रायमाझी

(करूवा न्यूज) ,पाल्पामा निषेधाज्ञा खुकुलो बनाईएकाे छ ।

कोरोना संक्रमण रोकथाम ,उपचार तथा व्यवस्थापनका लागि गरिएको पछिल्लो निषेधाज्ञाको समय शनिवार राती १२ बजे सकिदै छ । सोहि समयपछिको अवस्थालाई मध्यनजर गरि जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यस्तो निणर्य गरेको हो ।

असार १३ गते देखी असार २२ गते सम्म होटलबाहेक सबै पसलहरु विहान ७ बबजे देखी १२ सम्म खुल्न पाउने भएका छन् । यस अघि अतिआबश्यक र दैनिक उपभोग्य वस्तु तथा सेवाको विक्रि वितरण हुने पसलहरु खोलिएकोमा पछिल्लो समय शैक्षिक सत्रलाई ध्यानमा राखि पुस्तक पसल समेत खुल्न दिईएको थियो ।

अव विहान ७ देखी ११ बजे सम्म संचालनमा आएका बैक तथा वित्तिय संस्था १० देखी ५ बजे सम्म संचालन हुनेभएका छन् ।

सम्बन्धित खवर