देशमा नयाँ दलालको व्यवस्था सुरु भएको छ : दर्लामी

राष्ट्रिय जनमोर्चा पाल्पाका जिल्ला अध्यक्ष विशाल दर्लामीसंग जीवलाल सुवेदीले लिएको अन्तर्वार्ताको सार संक्षेप –

तपाई राष्ट्रिय जनमोर्चा पाल्पा जिल्लाको अध्यक्ष हुनुहुन्छ खासमा के छ तपाईको व्यक्तिगत विषयहरु अध्यक्षको नाताले ?
– हामी सामाजिक, राजनीतिक आन्दोलनमा लागि नै रहेका छौ । म राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्ष र राष्ट्रिय जनमोर्चाको सच्चा सिपाही भएको हिसावले पाटीले लिएका विभिन्न गतिविधिहरुलाई जनताको बीचमा लाग्ने, जनतालाई सचेत गराउने, संगठित गर्ने र यो एउटा समाजको विकासका निम्ति राष्ट्रलाई केही योगदान पुर्याउने हिसाबले हामी सामाजिक राजनीतिक काममा लागि राखेका छौ ।
राष्ट्रिय जनमोर्चा नेपाल पाटी सुद्ध रुपमा हेर्दा क्रान्तिकारी विचारधार जस्तो पनि देखिन्छ, अर्को प्रजातान्त्रिक जस्तो पनि देखिन्छ वास्तवमा के हो यो ?
– त्यो आम जनताले, पत्रकार, बुद्धिजीवीहरुले छुट्याउने कुरा हो । हाम्रा सबै गतिविधीहरु हाम्रा सिद्धान्त, विचार, कार्यक्रमहरु सब हामी जनताका बीचमा सार्वजनिक ..गरेका छौ । त्यसले गर्दा वास्तवमा नेपालको जुन एउटा वर्तमान अवस्था छ यो अहिलेको वर्तमान अवस्था आकारमा कोणमा केही सुधार, केही परिर्वतन भए जस्तो र केही हुन लागे जस्तो भएपनि जुन यसको गहिराइमा गयौ भने वास्तवमा जनताका समस्या, पिडा उस्तै छ । त्यसले गर्दा शोषण रुप र तरिकाहरु मात्र फेरिएका छन् ।


शोषण भन्नाले कस्तो खालको शोषण ?
– हिजो के थियो प्रत्यक्ष सामन्तवादले नेपाली जनता माथि एउटा सामन्तवादको नङ्ग्राहरु गाडिएका थिए । सामन्तवादको विरुद्ध नेपाली जनताले ६२, ६३ सालको जनआन्दोलन मार्फत नेपालको सामन्तवाद खासगरी त्यसको नेतृत्व गरिरहेको ज्ञानेन्द्र शाहलाई मिल्काई सकेपछि सामन्तवादको हामीले राजनीतिक हिसावले पराजित गर्यौ । तर त्यसको जराहरु अझै बाँकी छ । अब के छ भनि अब नयाँ दलाल व्यवस्थाको सुरु भएको छ । तपाई देख्नु हुन्छ अहिले हरेक कुरामा स्वास्थ्य शिक्षा, राजनीति जुन सुकै कुराहरुमा पनि दलालीकरण छ । अब नयाँ ढङ्गको शोषण, नयाँ ढङ्गको जनता माथिको दमन, उत्पीडन कायम छ । अहिले कतिपय पाटीहरुले खास गरी अहिलेको नेकपा संगठनमा मान्छेहरु अव नेपालको राजनीतिक आन्दोलन सकियो राजनीतिक क्रान्तिको कार्यभर सकियो भने जस्तो कुरा गर्छन तर हाम्रो पाटी त्यस्तो कुरा मान्दैन ।
विशाल जी तपाईले यो भन्दै गर्दा हाम्रो समाज दलाल दलाल भनेर सबै पाटीका नेताहरुले भन्नु हुन्छ फेरी पाटी कै मान्छेहरु दलाल भए जस्तो देखिन्छ नि ?
– जनताले हेर्दा सबै कुराहरु त्यसको जरासम्म आएर विश्लेषण गर्न सक्ने कुरा भएन । एउटा कुरा के हो भने हामी बुद्धिजीवि मानिसहरुले त्यसको शिरा शिरामा विश्लेषण गर्नु पर्यो । त्यसले को दलाल हो को ठग हो नेपाली समाज माथि कसले दमन गरिरहेको छ । जनता माथि नयाँ प्रकारले कसले शोषण गरिरहेको छ यो बुद्धिजीविहरुले विश्लेषण गर्ने काम हो । क्रान्तिकारी भन्ने कुरा भन्दैमा हुदैन । त्यसको विचार के हो । कार्यक्रम के हो । विचार र सिद्धान्तसँग व्यवहार मिल्छ कि मिलदैन बोलीसँग उसको काम मिल्छ कि मिल्दैन मुख्य यसलाई हेर्नुपर्छ ।
विशाल जी तपाईहरु संघीयता विरोधी पनि हुनुहुन्छ । फेरी सदनमा संघीयता माने जस्तो पनि गर्नु हुन्छ यो कारण के हो ?
– हामीले यस्तो गरेका छैनौ । हामी अहिलेको संसदमा पनि छौ केही समय अगाडि केपी ओली नेतृत्वको सरकारमा पनि हामी गयौ । हामी सबै ठाउँमा सरकार भित्र सदन भित्र र सडकमा हामी संघीयताको विरोधमा बोलीरहेका छौ । त्यसले गर्दा संघीयताले नेपाललाई समृद्धि बनाउन सक्छौ कि सक्दैनौ । समृद्धिका निम्ती संघीयता नेपालमा ल्याइएको रैछ की रैनछ भन्ने कुरा त अहिले संघीयताको प्रारम्भीक अभ्यासले देखाइसक्यो नि । त्यसैले गर्दा हामीले यसलाई चिर्यौ । यो संघीयता नेपालको सन्दर्भमा ठिक छैन भन्ने कुरा हामीले देख्यौ । यो के हो भने अब राष्ट्रिय जनमोर्चाको मात्र एजेण्डा होइन । यो सारा जनताको एजेण्डा हो । जसले यो देश नेपाललाई अखण्ड राख्न चाहान्छ । जसले यो मुलुकलाई समृद्ध राख्न चाहान्छ । सबै खाले विखण्डनबाट जोगाएर एउटा एकीकृत समृद्ध नेपाल राख्न चाहान्छ राप्रपा ।
वास्तवमा यो संघीयता तपाईको पाटीले खारेज गर्न सक्छ त ?
संघीयता नेपालको विषयमा बेठिक थियो र छ भन्ने कुरा हामीले चिन्यौ हामीले पहिचान गर्यौ । हामीले पहिचान मात्र गरेनौ त्यसको विरुद्धमा हामी विगत १० वर्ष देखि निरन्तर संघर्षमा छा तर राष्ट्र बचाउने कुरा देश जोगाउने कुरा देशको राष्ट्रियता, स्वाभिमान बचाउने कुरा कुनै एउटा व्यक्ति र पाटीको मात्र दायित्व त होइन नि देशमा बस्ने सबै जनता, संस्थाहरुको नागरिकको दायित्व त होइन नि देशमा बस्ने सबै पाटीको भूमिका हो नि । त्यसैले हामीले त्यसको पहिचान गर्यौ, संघीयता सैद्धान्तिक हिसाबले गलत छ त भनेका छौ नि । कुनै देशमा संघीयता उपयुक्त होला तर नेपालको सन्दर्भमा कुनै पनि प्रकारको संघीयता बेतित थिएन र छैन भन्ने कुरा अहिले प्रमाणित भइ सकेको छ । त्यसैले हामीले त्यसको उठान गर्यौ । पहिचान गर्यौ तर अब यसलाई जोगाउने अगाडी बढाउने कुरा सबै जनताको एजेण्डा भएकाले सबै नेपालमा बस्ने देशमा बस्ने सबै जनताको साझा एजेण्डा हो । त्यसैले संघीयता नै यो देशको राष्ट्रियता स्वाधीनता सार्वभौमता विखण्डन गर्ने कुरा सबैको निष्कर्ष हो । यो सबैको साँझा एजेण्डा बन्नु पर्छ र त्यसको विरुद्धमा सबै लाग्नु पर्छ ।
भन्नाले तपाईको पाटी खास एजेण्डा संघीयता खारेज मात्र होकी अरु पनि छ ?
– यो त तत्कालीन कुरा भयो । नेपालको राजनीतिमा घटेको एउटा घटना मात्र हो । हामी एउटा यो देशको सच्चा कम्युनिष्ट पाटी नेपाल कम्युनिष्ट पाटी मसाल र त्यसको एउटा बैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा भएको हिसाबले नेपाल कम्युनिष्ट पाटी मासालले अहिलेको वुर्जुवा व्यवस्था, दलाल व्यवस्थालाई अन्त्य गरेरद जनताको व्यवस्था, नयाँ जनवादी व्यवस्था, नौलो जनताको व्यवस्था, जनताको सत्ता स्थापना गर्ने हाम्रो दीर्घकालीन उद्देश्य हो । तर अहिलेको वर्तमान उपलब्धीहरु छन् जस्तै हामीले गणतन्त्र प्राप्त गरेका छौ । धर्मनिरपेक्षता प्राप्त गरेका छौ त्यसलाई संस्थागत गर्नुपर्ने छ । यसलाई संस्थागत गर्दै लग्नु पर्ने छ । अहिलेको पुँजीवादी गणतन्त्रले जनताको निकास दिदैन । सबै समस्याको समाधान गर्न सकेको छैन । त्यसैले यसलाई संस्थागत गर्दै अब नयाँ जनवादी गणतन्त्र, नयाँ समाजवादी व्यवस्थामा नेपाली जनतालाई पुर्याउने र जनताका आधारभूत समस्यालाई समाधान गर्दै जानुपर्ने आवश्यकता छ । जनताको सत्ता स्थापना हुन त बाँकी नै छ । जनताको सत्ता लामो संघर्ष पछि आउने कुरा हो । त्यसैले अहिले हाम्रो पाटीले त्यसको तयारी गरिरहेको छ । खाका बनाइरहेको छ ।
राष्ट्रिय जनमोर्चा पाटी स्थापना भएको कति सालमा हो ?
– यो पाटी २०५२ सालमा स्थापना भएको हो । पहिले अखिल नेपाल राष्ट्रिय जनमोर्चा भनिथ्यो । ४६ साल पछिको परिवर्तन पश्चात हाम्रो पाटीले के भनेको थियो भने ४६ साल पछिको पहिलो संसदीय चुनावलाई वहिष्कार गर्नुपर्छ । संसदको चुनाव होइन संविधान सभाको चुनाव हुनुपर्छ भनेको थियो । त्यसमा पाटी भित्र केही विवादहरु भए । त्यसपछि पाटी फुट्ने स्थितिमा पुग्यो त्यसैले हाम्रो पाटीले ४८ सालको चुनाव संसदीय चुनाव होइन संविधान सभाको चुनाव हुनुपर्छ भन्ने माग राखेको थियो ।
पाटीभित्रका कुराहरु केही प्रसंग उठ्यो अहिले नेकपाको सरकार छ देशमा निर्मला पन्त जस्तो नारीको हत्या भएको छ, हत्यारा पनि सरकारलाई थाहा छ भन्ने छ तर किन त्यसलाई पक्राउ गर्न कानुनी दायरामा ल्याउन सकिएन ? तपाइको पाटीको धारणा के छ ?
– यो एउटा नेपालको शान्ति सुरक्षामा ठूलो प्रश्न चिन्ह खडा भएको छ । निर्मला पन्तको बलात्कार पछि हत्या भयो यो कुरा दिनको घाम जत्तिकै छर्लङ्ग छ । जहाँसम्म त्यहाँ केही हाई प्रोफाइलसँग सम्बन्धि यो घटना जुधेको हुनाले त्यसको अनुसन्धानलाई ढिसमिस पार्न खोजिएको छ ।
भन्नाले प्रधानमन्त्री नजिककै मान्छे छ ?
– यो त पछि अनुसन्धानले नै खुल्ला यसको सार आन्तरिक कुरालाई बुझ्दा यो केही ठूला बडा संग सम्बन्धित भएकोले यसलाई कसरी टोडमोड गर्ने भन्ने तर्फ लागि रहेको स्थिति छ । जुन प्रहरी अधिकारीलाई त्यसको प्रमाण अन्त्य गर्न खाटाइयो त्यहीबाट यसको अनुसन्धान गर्ने वित्तिकै यसको निकास आउछ । जसले प्रहरी अधिकारीलाई निमर्मला पन्तको सम्पूर्ण प्रमाण नष्ट गर्न निर्देशन दियो त्यहीबाट अनुसन्धान सुरु गर्ने वित्तिकै निकास आउछ । मलाई लाग्छ सरकार त आकारमा छ तर विचार, राजनीतिक हिसाबले जनतालाई न्याय सम्पादन गर्ने दृष्टिकोणको हिसावले सरकार मरिसकेको छ ।
तपाईको पाटीले यही निष्कर्ष निकालेको छ ?
– हाम्रो पाटीको निष्कर्ष यही छ । यहाँ भन्दा लाचार सरकारनै अहिले सम्म थिएन ।
यो सरकारले संघीयता टिकाउछ त ?
– यो त हामीले हेर्दै जाउ । पछिल्लो समयमा खासगरी प्रदेशको अधिकारको सन्दर्भमा लडाइहरु देखिनै रहनु भएको छ । केही समय प्रदेशहरुको विभाजन भइसकेपछि यो देशका मुख्य सचिव सहितको एउटा टोली युरोपियन युनियन सँग पैसा माग्न गयो । युरोपियन युनियनले पनि साम्राज्यवादीले पनि पैसा त्यसै दिने होइन । एउटा सर्त राखेरनै दिने हो । त्यसैले केही समय टिक्ला जसले यो संघीयता लादेको हो तिनीहरुले एकछिन टिकाउलान तर अन्तत नेपाललाई सिध्याउने, टाट पल्टाउने काम बाहेक अरु केही हुने छैन । संघीयता टिक्छ टिक्दैन भन्ने कुरा जनताको चेतनामा भर पर्ने कुरा हो ।
तपाईहरुको यस्ता राम्रा एजेण्डाहरु छन् । २०५२ सालमा पाटी स्थापना भएको, माओवादी २०५२ सालबाटै आन्दोलन गरेर देशको सत्तामा पुगिसक्यो यत्रो राम्रो एजेण्डा हुँदा हुँदै तपाईहरुलाई जनताले किन मत नदिएका होलान् ?
– हाम्रो मूल पाटी नेपाल कम्युनिष्ट पाटी मसाल हो । त्यसको २००६ सालमा स्थापना भयो । महाधिवेशनको टुटफुट, केही प्रचण्ड, बाबुराम, केही केशरजंग रायमाझी बनेर निस्किए, केही पुष्पलाल बनेर निस्किए तर हाम्रो पाटीको महामन्त्री मोहन विक्रम सिंहले काँग्रेस पाटीको मूलधार विचारलाई जोगाउदै अहिलेसम्म ल्याएको स्थिति हो । राष्ट्रिय जनमोर्चा भनेको त्यसको वैधानिक मोर्चा हो ।
नेपाल कम्युनिष्ट पाटी मसाल अर्धभूमिगत भएको हिसाबले त्यसको सबै गतिविधीहरु नेकपा मसालको सबै कार्यक्रमहरुलाई जनताको बीचमा लानका निम्ती हामीले वैधानिक मोर्चा बनाएका छौ । त्यसको नाम हो राष्ट्रिय जनमोर्चा त्यसको स्थापना २०५२ सालमा भएको हो ।
कुनै एउटा कार्यक्रममा मोहन विक्रम सिंहले आफ्नो फोटो खिच्न दिनुभएन यो खास कुरा के हो ?
– फोटो खिच्ने कुरा त २ वर्ष अगाडि निर्णय भएको छ । फोटो खिच्ने र फोटो सार्वजनिक गर्ने कुरामा त्यो कुरा के हो भने हाम्रो नेपाल कम्युनिष्ट पाटी मसाल जसको महा मन्त्री मोहन विक्रम सिंह हुनुहुन्छ । त्यो पाटी अर्ध भूमिगत भएको हिसाबले पाटी भित्र को सार्वजनिक हुने, संगठन संरचनाका लागि त्यसो भएको हो । अहिले २ वर्षदेखि महामन्त्रीको फोटो सार्वजनिक गर्ने भन्ने पाटीले निर्णय गरेको छ । र त्यस पछि सार्वजनिक हुँदै आइरहेको छ ।
विशाल जी तपाई आफ्नो गृह जिल्ला पाल्पा भएको नाताले अहिले जुन यो वाइपास रोड छ वाइपास रोड बाटै गाडी चलाउनु पर्छ भन्ने कात्तिक २९ गते जिल्ला प्रशासनमा पाटी सर्वदलीय बैठक बसेको रहेछ त्यसमा तपाईको नेता टिकाराम पौडेलले पनि हस्ताक्षर भएको रहेछ साच्चै तानसेन बजार सुकाउनै यस्तो कार्य भएको होकी कसो ?
– यो प्रश्नमा जुनजुन मान्छे नेताहरुले वाइपास बनाउनु पर्छ भनेर आवज उठाए ति मान्छेहरुलाई यो प्रश्न अलि बढी सोध्नु पर्यो । हाम्रो पाटीको दृष्टिकोणको सन्दर्भमा के हो भनो वाइपास रोड गुल्मीका जनताले आवज उठाएर बनेको होइन । हाम्रै नेताकै मान्छेले आवज उठाएर बनेको त्यसमा राज्यको करोडौ लगानी भइसक्यो । एक तर्फ सरकारले सिन्डिकेट खारेज गर्न भनेर त्यत्रो आन्दोलन गरिरहेको छ । करोडौ लगानी भइसक्यो बाटो बनी सक्यो अव गाडीलाई त्यो गाडी यहाँबाट चलाउनु पर्छ अर्को यहाँबाट भनेर भन्न मिल्दैन । त्यो अर्को प्रकारको सिन्डिकेट हो नि त । कि त त्यो वाइपास बाटोनै बनाउनु हुन्थ्यन त्यहाँ केही राजीतिक दलका नेताहरुको घरहरु जोगाउनका निम्ती त्यो गरियो । पाटी भौतिक तथा योजना मन्त्री हुँदा त्यहाँ गएर पैसा बुझाइएको छ । म नाम पनि भन्न सक्छु । एमाले काँग्रेसका केही मान्छेहरुको घर जोगाउनका लागि वाइपास बनाइयो । जनतालाई उठाइयो ती जनताहरुले साथ दिए र वाइपास बन्यो । र सरकारको करोडौ लगानी भएको छ । अहिले बजार सुक्यो भनेर लड्न मिल्छ । यो विषयमा गाडीहरु कताबाट चलने भन्ने स्वइच्छुक बनाउनु पर्छ । बजार सुक्यो भन्ने कुरामा तानसेन भनेको १० वटा स्थानीय तहहरु मध्ये एउटा हो यद्यपी तानसेन पाल्पा जिल्लाको सदरमुकाम भएको कारणले यसलाई बढी महत्व दिइएको छ र दिनु पर्छ । सिंहदरबारलाई गाउँ गाउँ पठाउने भन्ने नारा आयो नि । एक तर्फ हामीले सिंहदरबार गाउँ गाउँमा पठाउने भनिरहेका छौ । त्यो भनेको तानसेन जस्तै सबै गाउँ बनाउने भनेको हो । पाल्पाका सबै निकायलाई तानसेन जस्तै विकसित बनाउने भनेको हो । अर्को कुरा तानसेनका मान्छेहरुले ५ किलो चिनी किन्नु पर््यो भने १ दर्जन सामान किन्नु पर्यो भने सुनौली जाने अनि तानसेनमा भुवन पोखरीका मान्छे आएर चिनी किन्नु पर्छ, तानसेनका होटलमा बास बस्नु पर्छ के जरुरी छ ? उसले आफूलाई जहाँ पयक पर्छ उही किन्छ । त्यसैले हाम्रो बुझाई के हुनु पर्यो भने तानसेन हिजो एउटा सदरमुकाम थियो । अब पाल्पाका १० वटा निकाय मध्ये एउटा निकाय हो । अब स्वभाविक रुपले तानसेनको बजार सुक्दै जान्छ ।
वाइपास रोड बनाउदा तपाईहरुको पाटीलाई जानकारी छ ?
– छैन, हामीले बाटो त बनाउनु हुँदैन भन्ने कुरा भएन निकास त दिनुनै पररयो । सेती पोखरीका जनताले दुःख पाए भनेर बनाएको चाही होइन । तत्कालीन नेकपा एमाले र काँग्रेसका केही नेताहरुको घर बाटोमा छ ती घरहरु जोगाउनका निम्ती मान्छेलाई प्रयोग गरिएको हो ।
भन्नाले यहाँका जिल्ला स्तरका नेताहरु छन कि पाल्पाको विकासलाई महत्व नदिएर आफ्नो मात्र स्वार्थ लिए जस्तो देखिन्छ नि ?
– यो भोतको राजनीति हो । जनताले के भनेर ताली पिट्छन । के कुरामा भोट दिन्छन त्यही कुराको हविगत हुन्छ । गर्दै आएको कुरा पनि त्यही हो । त्यो भन्ने नेता को त गल्ती भयो नै त्यो खालको झुट र गलत कुरालाई पत्याउने जनताको पनि समस्या छ । जनताले पनि त्यसको चिरफार गर्नुपर्यो कि त्यो चेतनाको बिर्को जनताले खोल्नु पर्यो नि । यो वर्ष धाटेको छ चुनाव जितेको छ त्यही मान्छे त्यही मान्छे आउछ फेरी जिताको छ झुट बोल्ने नेताको त समस्या छैन त्यस्तो झुटलाई पत्याइराख्ने जनताको पनि कमजोरी छ । यहाँ जनतालाई पनि भाटा लगाउनु पर्ने स्थिति छ । जनता पनि सचेत हुनु पर्ने र पाठ सिक्नु पर्ने बेला आएको छ । विशाल जी नगर सरकार छ नि एक खालको निह्य जस्तो देखिएको छ ।जनताको भनाइ अनुसार तपाइको पाटी ले नगर सरकारलाई कसरी हेरिरहेको छ ?
– नगर सरकारको बारेमा यो देशको केन्द्रीय सरकारको हविगत जे छ त्यसको प्रतिफल नै हुने हो । कुरा ठूल ठूला गर्ने घोषणा गर्ने काम केही नगर्ने यही तानसेन नगरपालिकाको हेरौ न चुनावका बेला चुनाव जितेको १ महिनामा ल्याण्डफिल्ड साइट सुरु गर्छु भन्ने थियो तर अहिले सम्म अन्यौलमा छ ।
देशको प्रधानमन्त्री क्रिसियनहरुसँग दुई दिन होटलमा बसेर खाए भन्ने सुनिन्छ नि तपाईको पाटीले यसलाई कसरी हेरेको छ ?
– यसको विरुद्धमा हाम्रो पाटीले तत्कालीन विज्ञप्ती मार्फत पारित पनि गरिसकेको छ । पुसको सात गते भित्र देशका सबै जिल्ला कमिटीहरुले यसको भण्डाफोर गर्ने भनेर विरोध कोण सभा सम्पन्न गरिसकेको छ । हामीले संविधान बनाएका छौ धर्म निरपेक्ष भनेर लेखेका छौ त्यसैले पछिल्लो यो कदम संविधानको खिलाप विरुद्धमा छ ।
विशाल जि यी कुरा बुझ्दै गर्दा अव नेपाली जनतालले दलालीलाई भोट दिइएछ भन्ने उनीहरुलाई महसुश भएको होला कि नहोला ?
– महसुस हुनु पर्ने हो । नेपाली जनताको चेतना स्तर नउठेको कारणले गर्दा अहिले यस्ता धाटुवा पाटीहरुलाई फाइदा भएको छ ।
चेतना स्तर होकी पैसाबाट हो ?
– चेतना स्तर भएको भएत पैसाले केही काम गर्ने थिएन नि । चेतना स्तर विकास नभएकाले हो । जनताको चेतना स्तर ड्यामेज गर्ने काम फेरी यी राजनीतिक दलले गरेका हुन । चुनावमा मासु पैसा प्रयोग गर्ने यसले जनताको चेतना स्तरलाई ड्यामेज बनाइदियो ।
गणेश मान सिंहले भनेका थिए जनता नै भेडा हो एक प्रकारले यो हो ?
– एक प्रकारले यो ठिकै पनि हो ।

अहिले सम्पूर्ण रुपमा त्यो भन्न मिल्दैन जनताले अहिले विचारका भोत पनि दिएका छन् । बैचारिक भोट पनि आएको छ । जनता विस्तारै शिक्षित हुँदैछन् ।
राष्ट्रिय जनमोर्चा पाल्पाको अधिवेशन हुँदै छ तयारी कस्तो छ ?
– पुस ३ गते हामीले पाटीको बैठक द्धारा कार्यक्रम निर्माण गरेका छौ । पुस १० देखि माघ १० सम्म विशेष सांगठनिक अभियान संचालन गर्दै छौ । अहिलेको वर्तमान सरकारले गरेका गलत कामको भण्डाफोर र जनजागरण समेतलाई मिलाएर यो काम गर्दै छौ । माघ महिनाको १०, १२ गते तिर अर्को बैठक बस्छौ यसरी हामी अधिवेशनको अन्तिम तयारी गर्दै छौ ।
आर्थिकका कुरा कसरी व्यवस्थापन गर्नुभएको छ ?
–हाम्रो पाटी मजदुर किसानहरुको पाटी हो ।
आम श्रमजीवि वर्गको पाटी हो हामी जनता मजदुर र मुक्तिका निम्ती काम गर्ने भएकाले
जनताले हामीलाई विभिन्न समयमा कार्यक्रमहरु हुने गर्छन । आर्थिक जुटाउनका निम्ती भैलो खेल्ने, मौसमी चन्दा उठाउने अभियान संचालन, श्रमसीप संचालन, लेवी उठाउने यसरी व्यवस्थापन भइरहेको छ ।
अन्त्यमा के छ ?
– अन्त्यमा मलाई हाम्रो पाटीका विचारहरुलाई जनताको बिचमा लाने जुन अवसर दिनुभयो त्यसको निम्ती हार्दिक धन्यवाद ।

सम्बन्धित खवर