तानसेन नगरपालिकामा छोरी शिक्षा कार्यक्रम

पाल्पा । तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षमा छोरी शिक्षा कार्यक्रम संचालन गर्ने भएकाे छ । शैक्षिक सत्र २०७८ को भर्ना अभियान सकिए लगतै कार्यक्रमको छनाेट प्रकृया सुरु हने नगरप्रमुख अशाेककुमार शाहीले बताए ।

तानसेन नगरपालिकाकाे अागामी वर्षकाे नीति तथा कार्यक्रम र बजेटबारे संचारकर्मीसँग सुझाव लिँदै नगरप्रमुख अशाेककुमार शाही । तस्विर ः करूवा ।

नगरभित्र रहेका छात्राको शिक्षामा पहुँच सहित निरन्तरताका लागि कार्यक्रम संचालन गर्न लागिएको हाे । प्रत्येक वडावाट पाँच जनाका दरले १४ वडाका ७० छाात्रालाई चालु शैक्षिकसत्र मा सहयोग गरिने नगरप्रमुख शाहीले बताए । जसमा प्रत्येक वडाका दुइ दलित,  एक जनजाती  र दुइ  खुल्ला रुपमा कार्यक्रमबाट सहयोग गरिने छ ।

कार्यक्रममा सहभागिता जनाउन नगरपालिकाले सार्वजनिक सूचना जारीगर्ने छ । सूचनाका आधारमा मापदण्ड पूरा गरेर प्राप्त आवेदन पेश गर्ने छात्राहरुका लागि वडामा परीक्षा संचालन गरिने छ । वडाले परीक्षामा सफल छात्राहरुको सिफारिसका आधारमा कक्षा १० सम्म सामुदायिक विद्यालयमा अध्ययनका लागि पोशाक, स्टेशनरी सहित निःशुल्क अध्यनकाे व्यवस्थापन गरिने नगरप्रमुख शाहीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here