Wednesday, August 10, 2022
Homeसमाचारसतर्क रहन पाल्पा एमाले र काँग्रेसको अपिल

सतर्क रहन पाल्पा एमाले र काँग्रेसको अपिल

पाल्पा । लुम्बिनी प्रदेशसभा सदस्य तथा एमाले जिल्ला अध्यक्ष नारायण आचार्य र प्रदेस सभा सदस्य तथा कांग्रेस जिल्ला सभापति बीरबहादुर रानाले निरन्तर परेको वर्षात्का कारण हुनसक्ने दुर्घटनाबाट सर्तक रहन जिल्लावासीलाई अपिल गरेका छन् ।
दुबैले सामाजिक सञ्जाल फेसबुकमार्फत् आम जनतालाई वर्षात्का कारण आउनसक्ने विपत्तीमा सजग रहन आग्रह गरेका हुन् । एमाले अध्यक्ष आचार्यले आफ्नो फेसबुकवालमा तीन दिनदेखि परेको वर्षात्का कारण जनजीवन प्रभावित भएको र वर्षाले विभिन्न स्थानमा जनधनको ठूलो क्षति गरेको समाचार पनि आएको जनाएका छन् । जिल्ला जोडने मुख्य राजमार्ग सहित गाउँपालिका जोडने र अन्य भित्री सहायक सडकहरु अवरुद्ध भएका छन् । सडक सुचारु गर्नका लागि सम्बन्धित निकायले आबश्यक पहल गर्न र अप्ठेरोको समयमा एकताबद्ध भएर अगाडि बढ्न जनसमुदायलाई आग्रह गरेका छन् ।
उनले जल तथा मौसम विज्ञान विभागका अनुसार वर्षा अझ केही दिनसम्म लम्बिने सम्भावना रहेकाले यस समयमा पहिरो र बाढीेको उच्च जोखिममा रहेका क्षेत्रका नागरिकले उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् । कोभिड १९ को महामारी र निषेधाज्ञाको चपेटामा परेका नागरिक वर्षाका कारणले थप पीडा खेप्नुपरेको समयमा एमाले साथमा रहेको उनले जनाएका छन् ।
अहिलेसम्म विपद्मा परि ज्यान गुमाएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस समयमा सुरक्षित भएर पीडित समुदायको सहयोग र उद्धारमा खट्न पार्टीका सवै तहगत कमिटिलाई आह्वान गरेका छन् । कांग्रेस सभापती रानाले मुलुकभर अविरल वर्षा भईरहेको र अझै केही दिन वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभागको पुर्वानुमान गरेकाले पाल्पा जिल्लाको पनि विभिन्न स्थानमा वाढी पहिरोका कारण सडक अवरुद्ध रहेको र बाढी पहिरोको जोखिम उच्च रहेकोले अति आवश्यक नपरी यात्रा नगर्न आग्रह गरेका छन् । नदी तटीय क्षेत्र तथा पहिरो जोखिम रहेका स्थानमा सर्तकता अपनाउन जिल्लावासीहरुमा सभापती रानाले आग्रह गरेका छन् ।
यस्तोे विपद्को अवस्थामा पार्टीका तहगत नेतृत्वमा रहेकाहरुलाई सहयोग र आवश्यक परे उद्धारका लागि तयार रहन आव्हान्न गर्दै यसमा सबैको सहयोग जरुरी रहने जनाएका छन् । उता, तानसेन नगरपालिका, रामपुर नगरपालिका, जिल्ला प्रशासन कार्यालयले पनि वर्षातका समयमा सर्तक रहन आग्रह गर्दै विज्ञप्ती प्रकाशन गरेका छन् ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe