वृद्ध आश्रम र त्रिभूवन बहुमुखी क्याम्पसमा आइसोलेसन

पाल्पा,तानसेन नगरपालिकाले तानसेन १ मा रहेको वृद्ध आश्रम र त्रिभूवन बहुमुखी क्याम्पसमा आइसोलेसन तयार गर्ने जनाएको छ । तानसेन नगरपालिकाको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष निर्माण, एम्बुलेन्स संचालन तथा शब ब्यबस्थापन विषयमा छ्लफल भएको नगर प्रमुख अशोककुमार शाहीले बताए ।

नगर क्षेत्रमा दैनिक रुपमा बढेको कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि भूसलडाँडामा रहेको वृद्धआश्रममा २० बेड र त्रिभूवन बहुमुखी क्याम्पसमा २० बेड को थप अक्सिजन सहितको आइसोलेसन तत्काल निर्माण गर्ने तयारी भएको नगर प्रमुख शाहीले बताए । यसका साथै तानसेन १४ अर्गलीमा समेत संक्रमितको प्रारम्भिक उपचार कक्ष निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

बैठकले संक्रमितलाई अस्पताल वा आइसोलेसन सम्म लैजानका लागि एक एम्बुलेन्स व्यवस्थापन गर्ने,आइसोलेसनका लागि चिकित्सक करारमा नियुक्ति गर्न प्रकृया अगाडी बढाउने निर्णय भएको छ । यसका साथै वडामा रहेका संक्रमितहरुको दैनिक निगरानी,परामर्शको प्रदिवेदन दैनिक रुपमा स्वास्थ्य शाखामा पठाउन वडाका समितिहरुलाई निर्देशन समेत गरिएको नगर प्रमुख शाहीले बताए ।

थप गरिएका आइसोलेसनमा उपलव्ध आफ्नै स्वास्थ्यकर्मीवाट संक्रमितको उपचार गरिने छ । आबश्यकता अनुसार मिसन अस्पताल र केहि निजी मेडिकलका चिकित्सकहरुले सहजिकरण गर्नेगरि आइसोलेसन संचालन हुने छ । यसका साथै चिकित्सक करारमा भर्नाका लागि प्रकृया पनि अगाडि बढ्ने नगरपालिका सामाजिक विकास अधिकृत भरत्त प्रसाद आचार्यले बताए ।

कोरोना संक्रमित बिरामी जसले बेड अभावमा अस्पताल भर्ना हुननपाएका छन उनिहरुलाई होल्डगरी आइसोलेसनमा राखेर उपचार गरिने छ । अस्पतालमा बेड उपलव्ध हुनासाथ नगरपालिकाले अस्पताल लैजाने योजनाका साथ काम आगाडि बढेको नगरपालिकाका प्रेस सल्लाहकार गोविन्द भट्राईले बताए ।

नगरपालिका अहिले पिसिआर परीक्षणबाट ४ सय ५६,एन्टिजेन परीक्षणबाट ८५ जनामा संक्रमण पुष्टि भएको छ । दोस्रो चरणको कोरोना कहरवाट संक्रमित मध्य ६१ जनाले कोराना जितेका छन् । अहिले सम्म ७ जना मृत्यु भएको छ भने ३ सय ८८ जना सक्रिय संक्रमित रहेक नगरपालिकाले जनाएको छ ।

सम्बन्धित खवर