Monday, June 27, 2022
Homeसमाचार‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’

पाल्पा । भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले आफ्नो नयाँ वर्षको योजना अनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नोपुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्नेस्मार्टफोनसँग साट्न सक्नेयोजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउँछन्। सामसङलको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउँछन् ।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्याउने सामसङको प्रतिवद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिदै असीमित डिजिटल सम्भावनाहरुसँग आफुलाई जोड्न सक्छन् ।

एनसेलको डेटासँग बन्डल गरी ल्याइएको यस योजनाले नयाँ वर्ष २०७८ को उपलक्ष्यमा ग्राहकको जीवनमा उत्साह एवं खुसी थप्ने विश्वास सामसङलेलिईएको छ ।

यस एक्सचेन्ज योजनामा ग्राहकले सामसङको झण्डै दुई दिनसम्म टिक्ने ५००० एमएएच ब्याट्री भएको सामसङ ग्यालेक्सी एम ०१ कोर र सामसङ ग्यालेक्सी एम ०२ स्मार्टफोन लिन सक्छन्।

एम ०१ कोरमा १ जीबी र्याम र १६ जीबी स्टोरेज क्षमता रहेको छ । एम ०२ मा ग्राहकले आफ्नो आवश्यकता अनुसार २ जीबी र्याम र ३२ जीबी स्टोरेज वा ३ जीबी र्याम र ३२ जीबी स्टोरेज क्षमता भएको दुई सेट मध्ये कुनै एक लिन सक्छन्।

एम ०१ कोर र एम ०२ सेटमा ग्राहकले सजिलै स्मार्टफोन चलाउन सक्ने इन्टरफेस रहेको छ जसले गर्दा पहिला स्मार्टफोन चलाएको अनुभव भएका ग्राहकले पनि सजिलै यी सेटहरु चलाउन सक्छन् ।

आफुसँग पुरानो भएको कुनै पनि पुरानो बार फोनसँग ग्राहकले तत्काल नयाँ स्मार्टफोन साट्न सक्छन् । पुरानो बार फोन दिई त्यसको सट्टामा नयाँ फोन लिन दुई वटा आधारभुत शर्तहरु लागू हुनेछन्। पहिलो पुरानो मोबाइल स्वीच अन गर्न मिल्ने अवस्थाको हुनु पर्दछ ।

दोस्रो फोनको ब्याट्री फुलेको अवस्थामा हुन हुँदैन अर्थात ब्याट्रीले काम गरेको हुनु पर्दछ । यी दुई शर्तहरु पूरा भएको खण्डमा ग्राहकको फोनलाई उपयुक्त मूल्यांकन गरिने छ र नयाँ फोन किन्नका लागि न्यूनतम ८ सय ग्यारेन्टीका साथ छुट प्रदान गरिनेछ ।

यो पनि पढौँ