रम्भामा एकीकृत स्वास्थ्य शिविर, ६ सय ६१ महिलाले फाइदा लिए

सरस्वती दंगाल
पाल्पा । रम्भा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको एकीकृत स्वास्थ्य शिविरबाट ६ सय ६१ जना महिलाले फाइदा दिएका छन् । उनीहरुले स्त्री रोग, पाठेघरको मुखको क्यान्सर लगायत साधारण जाँच गर्न पाएका हुन् ।
रम्भा गाउँपालिका–३, पिपलडाँडाकी ७३ वर्षीया धनीकला भण्डारीले यस्तो शिविरबाट धेरै फाइदा पुगेको बताइन् । उनले गाउँमै डाक्टरसहितको सेवाले आफूलाई धेरै फाइदा पुगेको बताइन् । झण्डै डेढ घण्टा पैदल आएकी उनलाई गाउँमै डाक्टर भेटेर उपचार गर्न पाएकामा खुसी लागेको बताइन् । गाउ“पालिका अन्तर्गत स्वास्थ्य शाखाले एकीकृत स्वास्थ्य शिविर राखेको थाहा पाएकी उनी लौरो टेक्दै आइन् । उनलाई अन्य समयमा डाक्टर भेट्न मुश्किल थियो । ‘गाउँमै डाक्टर आएका छन् भन्ने सुनेर शिविरमा पुगेको’ भण्डारीले बताइन् । सदरमुकाम तानसेनका ठूला अस्पतालमा जान भन्दा गाउँमै डाक्टर आउँदा जचाउन सहज भएको उनले बताइन् ।
महिला डाक्टर भेट्न पाउँदा अझ धेरै खुसी लागेको उनले बताइन् । उनी मात्र होइन, ६२ वर्षीय कमला रायमाझी पनि गाउँमै राखिएको शिविरबाट खुसी थिइन् । डाक्टर आएकाले सबै कुरा सुनाउन पाउने उनले बताइन् । पिपलडाँडा स्वास्थ्य चौकी प्रमुख शंकर बस्यालको जवाफ छे, डाक्टरसंग जा“च गराउन पाएपछि सबै खुसी भए । महिलाहरु अझ महिला डाक्टरबाट जा“च गराउन पाएपछि अझै धेरै खुसी भए । गाउँमै सधै डाक्टरबाट जा“च गराउन माग महिलाको छ ।
‘हाम्रा पालामा मिसन अस्पताल गए मात्र डाक्टर भेट्न पाइन्थ्यो,’ उनले भनिन्, ‘अहिलेकालाई गाउँमै धेरै सुविधा छ । हामीले धेरै दुःख पाएका हुँम क्यार ।’ रम्भा गाउ“पालिकाले राखेको महिला लक्षित स्त्री रोग विशेषज्ञसहितको प्रजनन स्वास्थ्य तथा साधारण स्वास्थ्य जा“च शिविरबाट उनीहरु जस्ता धेरैले गाउ“मै स्वास्थ्य सेवा पाए ।
कोरोना त्रास बढ्दो छ । रम्भा गाउ“पालिका स्वास्थ्य शाखाले सुरक्षामापदण्ड अपनाएर वडा÷वडामा एकीकृत स्वास्थ्य शिविर राख्दा अधवैशेका साथै पौढ महिला खुसी भए । शिविरमा पाठेघरको मुखको क्यान्सर जा“च गरिएको थियो । यो बाहेक स्त्री रोग भए÷नभएको जा“च गर्न पाएको सेवाग्राही प्रेमकला बस्यालले बताइन् । गाउ“पालिकाले सबै वडामा एक÷एक दिनको शिविर राखेको हो ।
हुँगी, फोक्सिङकोट, पिपलडाँडा, ताँहु, हुमीनमा राखेको शिविरबाट धेरै महिला खुसी भए । ‘गाउँघरमै डाक्टरबाट जाँच गराउन पाउँदा धेरै खुसी लागेको छ,’, रम्भा–३, पिपलडाँडाकी ६५ वर्षीय तिलिसरा बरालले भनिन्, ‘हामीलाई गाउँमै डाक्टरी सेवा चाहियो ।’ स्त्री रोग विशेषज्ञ सहितको प्रजनन् स्वास्थ्य तथा साधारण स्वास्थ्य जा“च शिविरमा पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, मिसन अस्पतालमा कार्यरत चिकित्सकले सेवा दिए । रम्भा गाउ“पालिका स्वास्थ्य शाखाको समन्वयमा स्त्री रोग विशेसज्ञ डा.प्रतिक्षा पाण्डे, चिकित्सकहरु डा. पुजन श्रेष्ठ, डा.कविता के.सी., डा.अस्मीता कार्की, डा.लोकरत्ना ज्ञवाली, डा.सच्चु थापा र डा.जगदीश कुवरले शिविरमा सेवा दिएका हुन् । नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने लगायत स्वास्थ्य प्राविधिकले पनि सेवामा सहयोग पु¥याएको रम्भा गाउ“पालिका स्वास्थ्य शाखा संयोजक शिव अर्यालले जानकारी दिए ।
प्राविधिक कार्यमा स्थानीय स्वास्थ्य सस्थाका ४५ स्वास्थ्य प्राविधिक कर्मचारीहरु संलग्न थिए । शिविर संचालन गर्न जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविका गरी ७६ जनाले सहयोग गरे । पाठेघरको मुखको जा“च गर्दा क्यान्सर भए÷नभएको २ सय १७ जना महिलाले सेवा लिए । त्यसमा १४ जनाको स्क्रेनिङमा पोजेटिभ आएकाले विशिष्टकृत अस्पतालमा प्रेषण गरिएको स्वास्थ्य शाखा सहसंयोजक महेश आचार्यले बताए । पाठेघरको पिआईडि÷एसडिटि ७६ जनाको उपचार तथा व्यवस्थापन गरिएको छ । प्रौढ महिलामा पाठेघर खसेका आठ जनाको उपचार तथा व्यवस्थान भएको छ । लामो अवधिको परिवार नियोजन साधन आइयुसिडि÷इमप्लान्ट ३३ जनालाई राखेको उनले बताए । लामो अवधिको परिवारनियोजन साधन तीन जनाको झिकेको छ । सामान्य स्वास्थ्य जा“च र उपचार दम, ब्लडप्रेसर, मधुमेह, वल्ड प्रेसर, युटिआई, ग्याष्ट्राईटिस, छाला रोगको निधान लगायत उपचार ३ सय ३५ नाको गरिएको छ । परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेका अनुसार हु“गी र फोक्सिङकोटमा उत्साहजनक सहभागिता रह्यो ।
हुँगीमा ८९ वर्षकी वृद्ध महिलासहित झण्डै २ सयले सेवा लिए । गाउ“पालिका अन्तर्गत ता“हुमा प्राथमिक स्वास्थ्य केन्द्र छ । डाक्टरसहितको सेवा भएपनि कहिले बस्ने÷कहिले नबस्ने समस्या छ । आएका डाक्टर पनि केही समय बस्ने पुनः विभिन्न बहानामा हिड्ने गर्छन् । पछिल्लो समयमा गाउ“पालिकाले हु“गी स्वास्थ्य चौकीमा डाक्टरसहितको सेवा दिएको छ । गाउ“पालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार डाक्टरसहितको सेवाले अहिले स्वास्थ्य चौकी जानेको संख्या बढेको छ । कार्यरत डाक्टर पुजन श्रेष्ठका अनुसार दैनिक ८० बढी बिरामी स्वास्थ्य चौकीमा आउन थालेका छन् । ‘डाक्टर बस्ने हो भने सेवाग्राही बढ्छन् भन्ने देखिएको छ,’ उनले भने, ‘यसका लागि डाक्टरलाई बस्ने वातावरण पनि निर्माण गर्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here