रकएक्सआई वालिङ (बी) लाई इस्लामपुर क्रिकेट कपको उपाधी

पाल्पा । चौथो इस्लामपुर कप क्रिकेट प्रतियोगिताको उपाधी रकएक्सआई वालिङ (बी) ले हात पारेको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर नगरपालिका–४, ले आयोजना गरेको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा न्यू क्रियटिभ युथ क्लव वालिङलाई ९ विकेटले पराजित गर्दै रकएक्सआई वालिङ (बी) ले उपाधी जितेको हो ।

टस जितेर व्याटिङमा उत्रेको न्यू क्रियटिभ युथ क्लवले १४ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन जोड्यो । उसका लागि विशाल कोइरालाले ४३ रनको योगदान दिए । विवेक भण्डारीको २६ रन, अश्विनी राना १४, विमल भण्डारी २०, केशव पौडेलले २४ रन जोडे । वलिङतर्फ रकएक्सआइका याम क्षेत्रीले तीन, धीरज शाहीले दुई विकेट लिए ।

१ सय ३८ रन लक्ष्य लिएर मैदान उत्रेको रकएक्सआईले १२ ओभर २ बलमा एक विकेट गुमाएर जित्न सफल भयो । रकएक्सआईका लागि विष्णु पौडेलले ७०, सन्दीप क्षेत्री ३६, अमृत थापाको १५ रनको योगदान गरे । वलिङतर्फ अश्विनी रानाले एक विकेट लिए । प्रतियोगिता अन्तर्गत रामपुर नगरपालिका–८, ले अनुशासित टीमको पुरस्कार पायो ।

प्रतियोगितामा उत्कृष्ट बलर न्यू क्रियटिभ युथ क्लव वालिङका खगेन्द्र थापा, उत्कृष्ट व्याट्सम्यान एवं म्यान अफ दि सिरिज न्यू क्रियटिभ युथ क्लवका अश्विनी राना र इमर्जिङ प्ले रामपुर–८, का पूर्ण घर्तीले पाए । प्रतियोगितामा विजेताले नगद १ लाख, उपविजेताले ५० हजार र अनुशासित टीमले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र इस्लामिक सक्रिय युवा समाजमन अध्यक्ष ल्याकत अली, जिल्ला क्रिकेट संघका अध्यक्ष एवं लुम्बिनी प्रदेशका कोषाध्यक्ष राजेश श्रेष्ठले बितरण गरे । प्रचारप्रसार समितिका संयोजक रहिम मिया“का अनुसार प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहु“, नवलपरासी, कास्की, रुपन्देही, अर्घखा“ची, गुल्मी जिल्लाका १३ समुहले भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here