फागु उत्सवमा भलिबल र नृत्य

0
490

पाल्पा । रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा भएको फागु उत्सवका अवसरमा गाउँपालिका स्तरीय खुला भलिबलर खुला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

भलिबल प्रतियोगितामा पालिका भित्रका १५ समूहको सहभागिता रहेको थियो । जसमध्य जनजागरण युवा क्लव रिव्दीकोट–१, ख्याहा प्रथम, दाङसिङ्ग युवा क्लब समुह (क) रिब्दीकोट–८, फेक दोस्रो र भैरव जनता माध्यमिक विद्यालय तेस्रो भएका छन् । त्यस्तै गरी लोक नृत्य प्रतियोगितामा भैरव मेरोरियल इङ्गलिस बोडिङ्ग स्क्ुल रिव्दीकोट ४ भैरवस्थान प्रथम, रिब्दीकोट ४ मसुरे टोलको समूह दोस्रा भैरव जनता माध्यमिक विद्यालय तेस्रो र लक्ष्मी माध्यमिक विद्यालय रिव्दोकोट ३ मालमुल सान्त्वना स्थान हासिल गरेको भैरवनाथ मन्दिर व्यवस्थापन समितिका सचिव नजराज ज्ञवालीले जानकारी दिए ।

यसअघि सरसफाई कार्यक्रम गरिएको छ । भैरवस्थानका स्थानीय, मन्दिर व्यवस्थापन समिति लगायत सबैको उपस्थितिमा सरसफाई गरिएको छ । समिटिले रक्तदान कार्यक्रम गरेको छ । चैत १५ गते फागु कार्यक्रम अन्र्तगत चिर पोल्ने, १६ गते फागु उत्सव र १७ गते विभिन्न झाँकी प्रदर्शन सहित सांस्कृतिक कार्यक्रम, सभा तथा पुरस्कार वितरण र सम्मान एवम् समापन गरिने गरिने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here