रामपुरमा चौथो मेयर कप सुरु

पाल्पा । रामपुर नगरपालिकाको आयोजनामा चौथो मेयर कप सुरु भएको छ । नगर खेलकुद विकास समिितको आयोजनामा रामपुर, ठूलोटारमा प्रतियोगिता सुरु भएको हो ।

‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ खेल सुरु भएको नगरपालिकाले जनाएको छ ।

मेयर कपको उट्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उद्घाटन गरे । उनले नगरभित्रका खेल प्रतिभालाई उजागर गर्नका लागि नगरपालिका प्रतिवद्ध रहेको बताए ।

उनले नगर भित्र खेल पूर्वाधार विकास गर्नका लागि डिपिआर तयार गरेर बजेटको खोजी गरिरहेको जानकारी दिए ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले स्वास्थ्य र अनुशासित बनाउनका साथै युवाहरुलाई एकताबद्ध बनाई भाईचाराको सम्बन्ध कायम खेलकुदको महत्वपूर्ण भुमिका रहने बताए ।

रामपुर नगरपालिकाका सल्लाहाकार देवराज ढकालले खेलकुदले युवाहरुलाई सृजनात्मक बनाई जीवनलाई सफल बनाउन पनि सहयोग गर्ने बताए ।

नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरन्जीवी सिग्देलले स्वास्थ्य जीवनको लागि खेलकुद अपरिहार्य रहेको बताए । नेकपा (एमाले) रामपुर नगर कमिटी इन्चार्ज राजु प्रसाद श्रेष्ठ खेलले स्वास्थ्य संगै अनुशासित बनाउन सहयोग गर्ने बताए ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष हिमाल मल्लले खेलाडीहरुलाई अघि बढाउन सबैको सहयोगको खाँचो हुने बताए । मेयर कपको अवसरमा रामपुर नगरपालिका भित्रका १० वटै वडाका खेलाडीहरुले पञ्चेबाजा सहित मार्चपास गरेका थिए ।

उद्घाटन कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष शंकर बहादुर खाँणको अध्यक्षतामा, नगर खेलकुद विकास समिति खेल संयोजक किरण मल्लको स्वागत र नगर खेलकुद विकास समितिका महासचिव राजु गुरुङले गरेका थिए ।

मेयर कपमा यस वर्ष वडा स्तरिय पुरुष भलिबल, वडा स्तरिय महिला भलिबल, वडा स्तरिय पुरुष फुटबल, वडा स्तरिय पुरुष क्रिकेट, व्याटमिण्टन, वडा स्तरिय डोरी तान्ने प्रतियोगिता र माध्यमिक तह स्तरीय वक्तृत्वकलामा प्रतिस्पर्धा हुनेछ ।

पुरुष तथा महिला भलिबलमा नगरका १० वटैले वडाले प्रतिस्पर्धा गर्दैछ । फुटबलमा ८ वटा वडाले प्रतिस्पर्धा गर्दैछ । रामतुलसी माविको खेल मैदान बेझाँडमा हुने क्रिकेट प्रतियोगितामा भने ६ वटा वडाले प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here