Wednesday, August 10, 2022
Homeसमाचारभैरवस्थानमा फागु उत्सव चल्दै

भैरवस्थानमा फागु उत्सव चल्दै

पाल्पा । रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा फागु उत्सव चलिरहेको छ । चैत १० गतेदेखि यहाँ फागु उत्सव चलिरहेको हो । उत्सव चैत १७ गतेसम्म भव्य रुपमा चल्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालको अध्यक्षतामा बसेको बैठकले फागुको अवसरमा रिब्दीकोट गाउँपालिकाले विविध साँस्कृतिक कार्यक्रम सहित फागु उत्सवा मनाउने निर्णय गरेको हो ।

चैत १० गते सरसफाई कार्यक्रम गरिएको छ । भैरवस्थानका स्थानीय, मन्दिर व्यवस्थापन समिति लगायत सबैको उपस्थितिमा सरसफाई गरिएको छ ।

चैत ११ गते रक्तदान कार्यक्रम कार्यक्रम गरिएको छ । चैत १२ र १३ गते गाउँपालिका स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

सेन बंशीय इतिहास सम्बन्धी अन्र्तक्रिया कार्यक्रम, चैत १४ गते गाउँपालिका स्तरीय खुला नृत्य प्रतियोगिता संचालन हुने भैरवस्थानका वडाध्यक्ष दुर्गाप्रसाद खनालले बताए ।

चैत १५ गते फागु कार्यक्रम अन्र्तगत चिर पोल्ने, १६ गते फागु उत्सव र १७ गते विभिन्न झाँकी प्रदर्शन सहित सांस्कृतिक कार्यक्रम, सभा तथा पुरस्कार वितरण र सम्मान एवम् समापन गरिने गरिने गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए ।

भैरव मन्दिर व्यवस्थापनका अध्यक्ष तुलबहादुर अधिकारीले पाल्पा भित्रको पनि पाल्पा मानिने यस स्थानको संस्कृतिलाई पुस्ता हस्तान्तरण गर्दै लैजान र कला र संस्कृतिको विकास गर्न कार्यक्रमको आयोजना गरिएको बताए ।

बैठकले गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालको संयोजकत्वमा ११ सदस्यीय सचिवलाय समिति गठन गरेको छ । जसको सह–संयोजकमा वडा नं ४ का अध्यक्ष दुर्गा प्रसाद खनाल, राजनीतिक दलहरु राजेन्द्रप्रसाद नेपाल, लक्ष्मण कोइराला, गम्भीर आले रहेका छन् ।

भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी, मिनबहादुर बुढाथोकी, तेजबहादुर पोखरेल, मेघराज पौडेल, केशवप्रसाद खनाल र दिपेश राज भण्डारी रहेका छन् ।

कार्यक्रम सम्पन्न गर्न सरसफाई उप–समितिको संयोजकमा राजकुमार श्रेष्ठ, रक्तदान उप–समितिको संयोजकमा धीरेन प्रधान, खेलकुद उपसमितिमा तेजकुमार श्रेष्ठ, सेन सर्किट उप–समितिमा तुलबहादुर अधिकारी, खुल्ला लोकनृत्य उपसमितिमा टिकाराम ढकाल रहेका छन् ।

लाखे नृत्य उप–समितिमा जीतमान श्रेष्ठ, फागु नाच उप–समितिमा धनबहादुर घर्तिमगर, सराय नाच उपसमितिमा बसन्त रायमाझी, वाली नाचमा धर्मराज खनाल, पञ्चेबाजामा मुनबहादुर राना, ठुलो नाच उप–समितिमा गमनबहादुर खाम्चा, तीज गीतमा राधिका खनाल, लोक भजन समितिमा चिन्तामणी खनाल, गाईजात्रा उपसमितिमा तेजकुमार श्रेष्ठ रहेका छन् ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe