महिला म्याराथन दौड रामपुरमा

पाल्पा । १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रामपुरमा आयोजित महिला म्याराथन दौड प्रतियोगितामा रामपुर नगरपालिका वडा नम्बर ४ की रमा श्रेष्ठ पहिलो भएकी छन् । उनले ५ किलोमिटर दौड २८ मिनेटमा पार गरेकी हुन् ।

म्याराथन दौड प्रतियोगितामा रामपुर नगरपालिका वडा नम्बर ३ की निशा खनाल दोस्रो भइन् । यस्तै रामपुर नगपालिका वडा नम्बर १० की रितु कुमाल तेस्रो भइन् । उनीहरुले क्रमशः नगद १० हजार, ५ हजार र २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ७ जनाले सान्त्वना पुरस्कार नगद १÷१ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

२ सय ३७ जना महिला सहभागी म्याराथन प्रतियोगितामा सरस्वती राना, अनिता श्रेष्ठ, मनु परियार, अमृता थापा,सावित्रा सारु, शुसिला खत्री र विनिता रानाले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताको शुभारम्भ गर्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले महिलाहरुको प्रतिस्पर्धाले नयाँ उत्साह र थप हौसला बढेको बताउनुभयो ।

नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले महिलाहरुको उत्साह देखेर खुशी लागेको बताउदै हरेक क्षेत्रमा उत्तिकै सहभागिता र उत्कृष्ट कार्य गर्नुपर्नेमा जोड दिए ।

रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले रामपुरमा फरक, नयाँ र आफैमा प्रतिस्पर्धाले केही गर्नुपर्छ भन्ने भानको बिकास म्याराथन प्रतियोगिताले गरेको बताए । रामपुर नगरपालिका कार्यालयबाट शुरु भएको म्याराथन बजार चोक–रामपुर अस्पताल–बिजयपुर कालीआँप–डुम्रीगाँउ– किसानबारी हुदै पुनः नगरपालिका कार्यालय प्राङ्गणमा आएर सकिएको थियो ।

रामपुर नगरपालिका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here