पाल्पा । बगनासकाली गाउँ पालिका वडा नं. ८ मा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले बराङदीमा सामुदायिक भवन तथा कृषि उपज संकलन केन्द्रको शिलान्यास भएको गरेको छ ।
भवनको शिलान्यास गर्दै पुर्व उद्योग मन्त्री सोम प्रसाद पाण्डेले समयको माग अनुसार आधुनिक प्रबिधि तथा सहकारी मैत्री हुनुपर्ने बताउनु भयो उहाले उदाहरणिय भवन बनाउन दत्तचित्त भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य युवा नेता ठाकुर गैरेले सहकारी मार्फत आय आर्जनलाई सबल बनाउनेतर्फ ध्यान दिदै रास्ट्रनिर्माणमा लाग्नु पर्नमा जोड दिए ।
क्षेत्र बिकास कार्यक्रम अन्तर्गत स्थानीय पुर्वधार कार्यक्रमको १९ लाख, कृषि ब्यवसाय प्रवर्द्धन सहयोग तालीम केन्द्र खजुरा बाँकेको १० लाख र सहकारीको ६ लाख रुपैया गरी ३५ लाखको आर्थिक सहयोगमा २ रोपनी क्षेत्रफल रहेको जग्गामा यस आर्थिक बर्ष भित्रमा २ तले भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । एउटै छानामुनी धेरै सेवा प्रदान गर्ने तथा सहकारीले शेयर सदस्यहरुलाइ ब्यबसाय बाट उद्धमी बनाउने लक्ष्य रहेको अध्यक्ष कृष्ण प्रसाद भुसालले बताए ।
आय मुलक उद्देश्यले संस्थाका शेयर सदस्यहरुलाई सबल बनाउदै जाने र आर्थिक सबल बनाउन सबैलाई प्रेरित गर्दै जाने सचिव कमलराज तिमिल्सिना बताए । कार्यक्रममा सल्लाहकार तथा वडा अध्यक्ष गणेश प्रसाद बश्याल निर्माण समितिका संयोजक मोतीलाल बश्याल, जिल्ला सहकारी संघका सचिब भूपती पाण्डे, लगाएतले सहकारीलाई सबल र सक्षम बनाउन सेयर सदस्यहरुको महत्त्वपूर्ण भुमिका हुने कुरामा जोड दिए ।