नापी कार्यालयका प्रमुख र लेखापालकाे अनियमितता, लकडाउनमा पनि दैनिक भ्रमणभत्ता

0
470

पाल्पा  । नापी कार्यालयका रामपुरका निमित्त प्रमुख र लेखापालले अनियमतता गरेका छन् । उनीहरूले लकडाउन अविधमै दैनिक भ्रमण भत्ता लिएकाे खुलेकाे हाे । नापी कार्यालय रामपुरका निमित्त नापी अधिकृत रवीन भट्टराई र सहलेखापाल हरिबहादुर थापाले लकडाउनकै अवधिको दैनिक भ्रमणभत्ता लिएर सरकारी रकम दुरूपयाेग गरेका हुन् ।

सरकारी रकम दुरूपयाेग गरेकाे कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्ने आन्तरिक लेखा परीक्ष्ँणबाट देखिएकाे हाे । उनीहरुले लकडाउन अवधिमा भ्रमण भत्ता लिएका छन् । ‘अन्य कार्यालयका कर्मचारी साथीहरुले भत्ता लिन मिल्छ भनेको भएर लिएका हौं,’ निमित्त नापी अधिकृत भट्टराईले भने, ‘लकडाउन भएपनि कार्यालयमा बसेर काम गरेका हौं । एक पटक इलाका प्रशासन कार्यालयको आग्रहमा निस्दी गएको हो । भित्र हुने काम हामी गरेर बसेका हाैं ।’ साेही समयमा बुटवलबाट प्रशिक्षक झिकाएर टेक्निकल काम समेत गरेकाे उनले बताए ।

निमित्त कार्यालय प्रमुख भट्टराई वैशाख ५ देखि ११, २५ देखि २९, जेठ १२ देखि १७, २२ देखि २७ गतेसम्मको भ्रमण भत्ता लिएका छ्न । उनले भ्रमणको प्रतिवेदन संलग्न नगरिकन दैनिक भ्रमण भत्ता लिएको आन्तरिक लेखा परीक्षकले औल्याएको छ । उनले बैशाख ५ देखि ११ को ७ हजार ५ सय, २५ देखि २९ सम्मको ५ हजार १ सय, जेठ १२ देखि १७ र २२ देखि २७ सम्मको १२ हजार ६ सय लिएको देखिन्छ ।

सोही कार्यालयकै सहलेखापाल हरिबहादुर थापा पनि चैत १५ देखि २०, बैशाख २४ देखि ३० र जेठ १४ देखि २० गतेसम्मको भ्रमण प्रतिवेदन पेश नगरिकन भ्रमण भत्ता लिएको भेटिएको छ । उनले पनि चैत १५ देखि २० सम्मको ६ हजार ३ सय, बैशाख ८ देखि १३ को ५ हजार १ सय, वैशाख २४ देखि ३० सम्म ६ हजार ३ सय, जेठ १४ देखि २० सम्म ७ हजार ५ सय भ्रमण भत्ता बुझेको देखिएको छ । ‘तलबका लागि र मुख्य कार्यालय तानसेन जाँदाको भ्रमण भत्ता हो,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘हामी लकडाउनमा पनि आउने जाने गरेका थियौं ।’

निमित्त कार्यालय प्रमुख भट्टराई तानसेन कोलेनिकामा तलबका लागि निकासा र मुख्य कार्यालयमा जा“दाको भ्रमणभत्ता लिएको बताए । प्रमुख भट्टराईले भने अनुसार लेखापाल र कार्यालय प्रमुखको भ्रमणको मिति भने मिल्दैन । कोष तथा लेखा नियन्त्रण कार्यालयले गर्ने आन्तरिक लेखा परीक्षणमा समेत भ्रमण पुष्टि गर्ने कागजात नै पेश नगरी दैनिक भ्रमण भत्ता लिएको भेटिएको छ । उक्त अवधिमा नापी कार्यालयका सेवासमेत सबै बन्द रहेको अवस्थामा भ्रमण आदेश स्वीकृत गरी रकम भुक्तानी लिएका हुन् । ‘लकडाउन भएका बेलामा हिडेको र भ्रमण प्रतिवेदन नै संलग्न नगरिकन भुक्तानी लिएको दैनिक भ्रमणभत्ता रकम अनियमित देखिन्छ,’ कोलेनिका प्रमुख खेमराज घिमिरेले भने, ‘कि भ्रमण पुष्टि गर्ने कागजात पेश गरि नियमित गर्नुपर्छ होइन भने सरकारी बा“की सरह असुलउपर गर्नुपर्छ ।’

नापी कार्यालय रामपुरकै निमित्त कार्यालय प्रमुख भट्टराई, सहलेखापाल सूर्यप्रसाद गैरेले अनियमित तवरले ८ हजार ७ सयसमेत सरकारी रकम भुक्तानी लिएको आलेप प्रतिवेदनमा छ । सरकारी मोटरसाइलक प्रयोग गरी रामपुरदेखि तानसेनसम्म सरकारी कामकाजमा भ्रमण गर्दा त्यस्तो रकम लिएका हुन् । उनीहरुले फुटकर खर्चका नाममा विभिन्न मितिमा भुक्तानी लिएकाले कर्मचारीबाट असुल गर्न आलेपले औल्याएको छ । नापी कार्यालय रामपुरमै प्लट रजिष्टर स्क्यान गरी फाइल तयार गर्ने तथा नक्सालाई स्क्यान गरी डिजिटल प्रविधिमा रुपान्तरण गर्न अतिरिक्त समयमा काम गरेको भुक्तानी पनि अनियमित तवरले लिएको भेटिएको छ ।

आन्तरिक लेखा परीक्षणले औल्याए अनुसार उमेश पौडेल, दीपन्द्र पन्थी राना, लालबहादुर सारु र गिरमाया घिमिरेलाई २० हजार ५ सय भुक्तानी दिएको छ । तर उनीहरुको हाजिरी प्रमाणि गरिएको छैन भने अतिरिक्त समय कामकाज गरेको अभिलेख÷हाजिरीसमेत नभएको आलेपमा उल्लेख छ । कार्यालय प्रमुख भट्टराईले भने उक्त रकम लकडाउनकै अवधिमा काम गरेवापत भुक्तानी गरेको जनाए ।

लकडाउनकै अवधिमा शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सहायक बमबहादुर थापा पनि निस्दी गाउँपालिकाको भ्रमण गरेको भन्दै ८ हजार ५ सय भ्रमण भत्ता लिएका छन् । देशव्यापी लकडाउनको अवधिमा कार्यालयका कुनैपनि स्वीकृत कार्यक्रम नभएको तथा भ्रमणको लागि आधिकारिक निकायको पास समेत संलग्न नगरि उनी हिडेको देखिएको हो । उनले विद्यालयको क्वारेण्टाइन व्यवस्थापन अनुगमन वापत बैशाख २३ देखि २७ गतेसम्म निस्दी गाउँपालिकाको भ्रमण खर्च तथा दैनिक भत्ता रकम भुक्तानी लिए पनि भ्रमण पुष्टि गर्ने कागात पेश गरेका छैनन् ।

कोष तथा लेखा नियन्त्रण कार्यालयको आन्तरिक लेखा परीक्षणमा उक्त नियमित गर्नुपर्ने लेखिएकाले महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण नगर्दै उक्त रकम फिर्ता गर्नुपर्ने र नगर्नेलाई सरकारी बाँकी सरह असुल उपर गर्ने व्यवस्था ऐनमा रहेको कोलेनिका प्रमुख घिमिरेले बताए । कोभिड–१९ को प्रभाव परेपछि सरकारले गरेको लकडाउनमा जिल्लाका सबै सरकारी कार्यालय बन्द रहे । २०७६ चैत ११ देखि २०७७ जेठ ३२ गतेसम्म देशव्यापी लकडाउन भयो । यो अवधिमा अत्यावश्यक बाहेकका सबै सरकारी तथा गैरसरकारी, उद्यँेग, व्यवसाय, शिक्षणसंस्था, सार्वजनिक तथा निजी यातायात सबै सार्वजनिक संस्था पूर्ण रुपमा बन्द भए । बिना पास सार्वजनिक, सरकारी, निजी यातायात चलेनन् सर्वसाधारण नागरिकसमेत हिडडुलमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here