Wednesday, August 10, 2022
Homeसमाचार‘निर्वाचन उपयुक्र्त समयमा हुन्छ’

‘निर्वाचन उपयुक्र्त समयमा हुन्छ’

पाल्पा, पाल्पा व्यापार संघको तेस्रो साधारसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभा सम्पन्न भएपनि निर्वाचन भने हुन सकेको छैन । साधारणसभाले विशेष परिस्थिति अनुसार ६ महिना थप्न सक्ने प्रावधान छ । सोही अनुसार समितिको म्याद पनि केही दिनका लागि बढेको छ । अधिवेशनको तयारी भएपनि सर्वसम्मत कार्यसमिति चयन हुन नसक्दा अधिवेशन र कार्यसमिति चयनको काम पछि धकेलिएको हो ।

केही समयका लागि यही समितिले काम चलाउन गर्ने वर्तमान अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए । उनका अनुसार निर्वाचनको तयारी नै नभएकाले पनि उपयुक्र्त समयमा निर्वाचन गर्नेगरी पछि धकेलिएको हो । ‘निर्वाचन उपयुक्र्त समयमा हुन्छ,’ अध्यक्ष पोखरेलले भने, ‘अहिलेलाई यही समितिले काम गर्नेछ ।’ उनका अनुसार विद्यान संशोधनको काम समेत रहेको छ । सहमति भएमा घोषणा गर्ने भन्ने थियो । तर केही पदमा सहमति हुन नसक्दा निर्वाचन समितिले काम नै अघि बढाएको थिएन । अध्यक्षमा विवाद थिएन । तर प्रथम उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष बामदेव बस्याल र आकांक्षी विष्णुबहादुर कार्की बीच कुरा मिलेको थिएन ।

यस्तै सचिवमा पनि फर्सुराम पौडेलबाहेक कृष्ण अधिकारी, कमल ढकालको दाबी रहेको थियो । त्यस्तै कोषाध्यक्षमा हिमलाल पंगेनी बाहेक विष्णु खनाल र उमा अर्यालको दाबी थियो । ‘अहिले कुरा मिलेन र निर्वाचनमा जाने अवस्था आयो भने प्यानल नै हुने सम्भावना बढेको छ,’ एक आकांक्षीले भने, ‘जसका कारण नेकपामा देखिएको राजनीतिक विवाद यहाँ पनि देखिने अवस्था आउने छ ।’ साधारणसभाको विघटित प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले उद्घाटन गरे । सभाको उद्घाटन गर्दै उनले जिल्लाका निजी क्षेत्र एकजुट भएर अघि बढ्न आग्रह गरे । विकास निर्माणले गति लिए पनि पहिलाको चर्चा भने अहिले हराउँदै गएको पाण्डेयले बताए ।

पाल्पा जिल्लामा विकास निर्माणका कामका लागि आफू तल्लीन भएर लागेको उनले बताए । स्थानीय सरकार र निजी क्षेत्रलाई रचनात्मक र दिर्घकालिन योजना बनाएर अगाडि बढ्न उनले आग्रह गरे । सिद्धबाबा सडकका लागि केही काम भइरहेको र आगामी दिनमा विकासले थप तीव्रता पाउने उनले बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तुलाराम घर्ती मगरले निजी क्षेत्रको सहयोगबाट नै जिल्लाले विकास निर्माणमा गति लिने बताए । उनले आर्थिक समृद्धिका लागि प्रदेश सरकारले विकास निर्माणका काममा ध्यान दिएको बताए । प्रदेशसभा सदस्य नारायण आचार्यले आर्थिक सम्भावनाका क्षेत्र धेरै भएको र यसमा प्रदेश सरकारले विकास निर्माणका काम अघि बढाएको बताए । उनले अहिले प्रदेश सरकारले विकास निर्माणलाई ध्यान दिएर काम अघि बढाएको बताए ।

प्रदेससभा सदस्य डा.पुरनमान बज्रार्चायले युवालाई गाउँठाउँमै स्वरोजगार हुने व्यवस्था मिलाउन निजी क्षेत्रको पनि महत्वपूर्ण हात हुने बताए । प्रदेशसभा सदस्य वीरबहादुर रानाले निजी क्षेत्र आफैमा स्वतन्त्र संस्था भएकाले कुनै पनि दल विभाजन हुँदैमा उद्योगी व्यवसायहरु विभाजन हुन नहुने बताए । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आर्थिक समृद्वि हासिल गर्ने दिशामा नगरपालिकाले युवा स्वरोजगार लगायतका कार्यक्रम ल्याएको बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्योगी व्यवसायीहरुको एकता आजको आवश्यकता रहेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका जिल्ला अध्यक्ष मोहनप्रसाद श्रेष्ठले तानसेनमा ठूला लगानीका होटलहरु खुले पनि यसको विकासमा भने कसैको ध्यान नपुगेको बताए । साधारसभामा गुल्मी च्याम्बरका अध्यक्ष युवराज ज्ञवाली, पत्रकार महासंघ जिल्ला अध्यक्ष राजेशकुमार अर्याल, होमस्टे एशोसियसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्यालले निजी क्षेत्रले सही ढंगले काम गर्ने हो भने विकास निर्माण लगायत स्वरोजगार हुनमा सहयोग पुग्ने बताए । पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षता, संघका प्रथम उपाध्यक्ष बामदेव बस्यालको स्वागत र सचिव फर्शुराम पौड्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । पाल्पा व्यापार संघमा ७ सय बढी सदस्य रहेका छन् ।

यो पनि पढौँ
FansLike
FollowersFollow
SubscribersSubscribe