‘परदेशी–२’ को सुटिङ पाल्पामा

0
587

पाल्पा, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै चलचित्र ‘परदेशी–२’ को सुटिङ गत बिहीबारदेखि माथागढी गाउँपालिकाको विभिन्न स्थानमा भइरहेको छ । लकडाउनअघि ७० प्रतिशत बढी सुटिङ सकिएको चलचित्र कोरोना महामारीका कारण सुटिङ लामो समयदेखि रोकिएको थियो ।

बिहीवार माथागढी–४ झडेवा देवगीर पुगेको सुटिङ यूनिटलाई स्थानीयबासीले स्वागत गरेका थिए ।
स्थानीयको स्वागतपछि बिहीबार देवगीरमै चलचित्रको सुटिङ गरिएको थियो । बिहीबार अभिनेता दीलिप रायमाझीको दृश्य खिचिएको थियो ।

चलचित्रका अभिनेता प्रकाश सपूत, प्रशान्त तामाङ्, अभिनेत्री केकी अधिकारी, कलाकार नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारहरु सुटिङका क्रममा पाल्पामै छन् भने अभिनेता रायमाझी काठमाण्डौं फर्कि सकेका छन् । माथागढीको झडेवा, कसेनी, सराई लगायतका स्थानमा चलचित्रको छायाँकन हुने निर्माण पक्षले जनाएको छ । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । चलचित्रमा अभिनेत्री वर्षा शिवाकोटीको पनि शीर्ष भूमिका रहेको छ ।

गायन क्षेत्रमा ख्याति कमाएका प्रकाश यसै चलचित्रमार्फत अभिनेताका रुपमा देखा परेका छन् । नारायण रायमाझीको निर्माण र निर्देशन, प्रकाशको अभिनयमा डेब्यू, अन्य चर्चित कलाकारहरुको अभिनय भएका कारण पनि चलचित्रलाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।

नारायण रायमाझीले निर्देशन गरेका ‘गोर्खा पल्टन’ र ‘परदेशी’ हिट भएका थिए । उनले आफूले बनाउने चलचित्रको छायाँकन पाल्पामा पनि गर्दै आएका छन् । यसअघिका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ पनि पाल्पामा छायाँकन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here